कर्मचारीको न्यूनतम तलब ३० हजार पुर्‍याउन नेकपा एस निकट कर्मचारी संगठनको माग

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन नेपालले आगामी बजेटमा आधारभूत तहका कर्मचारीको तलब न्यूनतम मासिक ३० हजार पुर्‍याउन माग गरेको छ । संगठनका अध्यक्ष मोहन कुमार घिमिरे नेतृत्वको टोलीले सोमवार अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाउँदै निश्चित समयको अन्तरालमा स्वचालित रूपमा कर्मचारीको तलब भत्ता वृद्धिको व्यवस्था गर्न माग गरेको हो । […]