अहिले देशभर ४१ हजारभन्दा बढी विद्यालय कर्मचारी छन् । बिना दरबन्दी काम गर्दै आएका उनीहरुले दरबन्दी कायम गर्न माग गरिरहेका छन् । हाल संघीय सरकारले पठाएको अनुदानको भरमा उनीहरु तलब भत्ता पाउँछन् भने सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्दासमेत दरबन्दी बिना कार्यरत उनीहरु तलब वृद्धिबाट वञ्चित भए ।विद्यालय सहयोगीले अहिले मासिक ८ हजार र लेखापालले १३ हजार ५०० रूपैयाँ पारिश्रमिक पाउँछन् । श्रम ऐन २०७४ ले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार तोके पनि सामु