जसले जे भने पनि लोकतान्त्रिक गणतन्त्र आफैंमा अब्बल तन्त्र हो । यसको विकल्प हुन सक्दैन । त्यसो भन्दैमा नेताले जे गर्दा पनि चुप लागेर सहनुपर्छ भन्ने होइन । व्यवस्था होइन, व्यवस्थापक फेरौं । नेताले यो व्यवस्थालाई सही तरिकाले चलाउन नसक्दा जनतामा निराशा छाएको हो ।