प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले लेस्टर सिटीसँग १–१ गोलको बराबरी खेलेको हो । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा लेस्टरले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफ गोल रहित बराबरी खेलेका दुबै टोलीले दोस्रो हाफमा गोल गरे । खेलको ६३औं मिनेटमा लेस्टरका लागि केलेचि इहेन्चोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । तर, उक्त अग्रता लामो समय टिक्न सकेन । फ्रेडले युनाइटेडका लागि ६६औं मिनेटमा गोल गर्दै टिमलाई हारबाट जोगाए