लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल अप्ठ्यारोमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली आइतबार दिनभर बेचैन भए । शनिवार साँझ मुख्यमन्त्रीबाट राजीनामा दिन लागेको सुनाउँदा ओलीले खास प्रतिक्रिया जनाएका थिएनन्। बिहान शङ्कर पोखरेलले राजीनामा दिएपछि आफू निकटका नेताहरू उपप्रधानमन्त्री ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतका नेताहरूसँगको छलफल पछि ओलीले पोखरेललाई उतै रोकेर पुन मुख्यमन्त्री बन्न आग्रह गरे।