विराटनगर : प्रदेश १ लोकसेवा आयोग आफ्नै लागि दरबन्दीअनुसारका कर्मचारी नहुँदा चुनौती बेहोर्दै आएको छ।
प्रदेश लोकसेवा आयोगले प्रदेशभरका स्थानीय तह तथा प्रदेश सरकारका लागि कर्मचारी भर्ना गर्ने अधिकार छ तर दरबन्दी अनुसारका कर्मचारी नहुँदा केही अप्ठ्यारो झेल्दै आएको गुनासो आयोगका कर्मचारीको छ।
२०७२ सालमा गणतान्त्रिक संविधान जारी भएसँगै देश संघीयतामा गयो। त्यसपछि ०७४ सालको निर्वाचनको संघीय नेपालको राज्य संरचनाअनुसार देशमा तीन तहका सरकार गठन भए। राज्यको संरचना अनुसार गठन भएको प्रदेश १ लोकसेवा आयोग तेस्रो वसन्तमा प्रवेश गर...