प्रदेश १ मा प्रदेश लोकसेवा आयोग गठन भएको छ। प्रदेश प्रमुख समक्ष प्रदेश लोकसेवा आयोगका अध्यक्षसहितका पदाधिकारी नियुक्त गर्न तीन जनाको नाम सिफारिस गरिएकाे हो।
विराटनगर : प्रदेश १ लोकसेवा आयोग आफ्नै लागि दरबन्दीअनुसारका कर्मचारी नहुँदा चुनौती बेहोर्दै आएको छ।
प्रदेश लोकसेवा आयोगले प्रदेशभरका स्थानीय तह तथा प्रदेश सरकारका लागि कर्मचारी भर्ना गर्ने अधिकार छ तर दरबन्दी अनुसारका कर्मचारी नहुँदा केही अप्ठ्यारो झेल्दै आएको गुनासो आयोगका कर्मचारीको छ।
२०७२ सालमा गणतान्त्रिक संविधान जारी भएसँगै देश संघीयतामा गयो। त्यसपछि ०७४ सालको निर्वाचनको संघीय नेपालको राज्य संरचनाअनुसार देशमा तीन तहका सरकार गठन भए। राज्यको संरचना अनुसार गठन भएको प्रदेश १ लोकसेवा आयोग तेस्रो वसन्तमा प्रवेश गर...
काठमाडौं : प्रदेश १ सरकारले विभिन्न स्थानीय तहमा कर्मचारीको माग गरेको छ। सरकारले २३० जना प्राविधिक कर्मचारी माग गरेको प्रदेश लोकसेवा आयोग विराटनगरले जनाएको छ। जसमा नायव प्राविधिक सहायक चौथो, पशु स्वास्थ्य प्राविधिकलगायत छन्। हेर्नुहोस् विज्ञापन
इटहरी : प्रदेश लोकसेवा आयोगका अध्यक्षसहितको पदाधिकारी नियुक्त गर्न तीन जनाको नाम सिफारिस भएको छ। आयोगको अध्यक्षमा खोटाङका उत्तमकुमार भट्टराईलाई नियुक्त गर्न सिफारिस गरिएको छभने सदस्य टीकादत्त राई र सीमा आभाष सिफारिस भएका छन्।
सत्तापक्षको तर्फबाट अध्यक्ष सिफारिस भएका भट्टराई पूर्वकृषि सचिव, सदस्य राई प्रदेश १ मुख्यमन्त्...
प्रदेश–१ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाडले प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलबार प्रमाणीकरण गरेका छन् ।
प्रदेशसभाको भदौ १० मा बसेको ४० औं बैठकले यो विधेयक सर्वसम्मत पारित गरेको हो । विधेयक प्रमाणीकरणसँगै प्रदेश सरकारलाई आयोगको अध्यक्ष र सदस्य नियुक्ति गर्ने बाटो खुल्ला भएको छ । नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिक प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीले बताए । प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका आएका विधेयकको संख्या ३७ पुगेको छ ।