कालिकोटमा पहिलो पटक पुग्यो राष्ट्रिय विद्युत् प्रसारण लाइन

सुर्खेत : कर्णाली प्रदेशको कालिकोट जिल्लामा पहिलो पट्क राष्ट्रिय विद्युत प्रसारण लाइन जोडिएको छ। दैलेखको दुल्लुबाट ११ केभी विद्युत् लाइन विस्तार भएसँगै कालिकोट राष्ट्रिय विद्युत् प्रसारणमा जोडिएको हो। सोमबार रातिदेखि कालिकोटमा राष्ट्रिय विद्युत् लाइन पुगेको कालिकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले बताएका छन्। कालिकोटमा सोमबार राति १० बजे मात्रै लाइन छोडिएको हो। जोशीका अनुसार  तत्काललाई ११ केभीए मात्रै लाइन प्रसारण भइरहेको र एक हप्ताभित्र ३३ केभीए प्रसारण पुर्‍याउने तयारीका लागि ३३ केभीए विद्युत् पुर्‍...

सम्बन्धित सामग्री

लगातारको हिमपातले जुम्लामा नेशनल ग्रिड अवरुद्ध

बिहीबार बेलुकादेखि परेको हिमपातले जुम्लामा राष्ट्यि विद्युत प्रसारण लाइन अवरुद्ध भएको छ । हिमपातले ठाउँ ठाउँमा पोल र तारमा क्षति पुगेपछि राष्ट्यि विद्युत प्रसारण लाइन अवरुद्ध भएको हो ।  जुम्लामा राष्ट्यि...

उज्यालो बन्दै दुर्गम क्षेत्र

सिन्धुली जिल्लामा पछिल्लो समय दुर्गम क्षेत्र धमाधम उज्यालोमा परिणत हुँदै गएको छ । नेपाल विद्युत् प्राधिकरण र स्थानीय तहले राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार गरी दुर्गम क्षेत्रमा उज्यालो पु-याउने कार्यलाई तीव्रता दिएका छन् । जिल्लामा अहिलेसम्म ४५ हजार चार सय घरपरिवारमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेको विद्युत् प्राधिकरण सिन्धुली शाखाले जनाएको छ ।

राष्ट्रिय विद्युत् प्रसारण लाइन प्रभावितले लालपुर्जा जलाए

लमजुङको मस्र्याङ्दी कोरिडोरमा निर्माणाधीन २२० केभी राष्ट्रिय प्रशारण लाइन प्रभावितहरूले आफ्नो लालपुर्जा जलाएका छन् । राष्ट्रिय प्रशारण लाइन निर्माणका क्रममा यसअघिका विवाद समाधान नहुँदै क्षतिपूर्तिका लागि सूचना जारी गरेको भन्दै प्रभावितहरूले विरोध स्वरुप लालपुर्जा जलाएका हुन् ।यसअघि जिल्ला प्रशासन कार्यालय लमजुङले प्रशारण लाइनअन्तर्गत राइट आफवेभित्र पर्ने जग्गा धनीहरूलाई क्षतिपूर्ति लिन र उक्त जग्गा भित्र घर […]

पुष्पलाल मध्यपहाडी लोकमार्ग : उद्गमखण्डमा कालोपत्र शुरु

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमखण्डमा कालोपत्रको आज याङ्वरक गाउँपालिका–१ च्याङ्थापूमा शिलान्यास गरेका छन् । उनले भारतको सीमासम्म दुई लेनको कालोपत्र सडक पु¥याउने कार्य सामान्य नभएको बताउँदै राष्ट्रिय विद्युत् प्रसारण लाइन मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ पु¥याउने बताए आयोजना कार्यालय फिदिमका प्रमुख सुरेश न्यौपानेका अनुसार कूल रु दुई अर्ब, ३१ करोड, ६१ लाख लागतमा यो खण्डको कालोपत्र हुन लागेको हो । साधारण मार्ग खोल्ने काम भने एक दशकअघि नै सम्पन्न भइस...

लघुजलविद्युत् योजना विस्थापित हुँदै

सिन्धुली जिल्लामा पछिल्लो समय राष्ट्रिय विद्युत् प्रसारण लाइनको विस्तारसँगै लघुजलविद्युत् योजना विस्थापित हुँदै गएका छन्। नेपाल विद्युत् प्राधिकरण, स्थानीय सरकार र विश्व बैङ्कले जिल्लाका विभिन्न भागमा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तारलाई तीव्रता दिएसँगै विगतमा निर्माण गरिएका लघुजलविद्युत् योजना विस्थापित हुँदै गएका हुन्।