भरतपुरमा महानगरपालिकाको मेयरमा काँग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले उम्मेदवारी कायमै राखेका छन् । शुक्रबार साँझ ५ बजेसम्म नाम फिर्ता दिन समय निर्धारण भएपनि पौडेलले सो समयमा उम्मेदवारी फिर्ता नगरेका हुन् ।काँग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालले पौडेलको उम्मेदवारी फिर्ताका लागि ३ दिनदेखिको प्रयास असफल भएको बताए । भरतपुरमा गठबन्धनका उम्मेदवार रेणु दाहाललाई सघाउने काँग्रेसको निर्णय थियो । यसैबीच पोखरा महानगरमा काँग्रेसका दुई बागी उम्मेदवारले भने उम्मेदवारी फिर्ता लिएका छन् ।