महोत्तरीमा केही उम्मेदवारले मनोनयन फिर्ता लिएपछि चुनावी समीकरण पनि फेरिएको छ । १५ वटै पालिकामा गरी शुक्रबार ६६ जनाभन्दा बढीले उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता लिनेमा कतिपय एउटै पार्टीबाट बागी उम्मेदवार बनेका छन् भने कतिपय पाटीकै नगरप्रमुख, उपप्रमुख छन् ।बर्दिबास नगरपालिकामा चुनावी समीकरण प्रभावित बनेको छ । पाटीभित्रैबाट राम्रो जनधार भएका नेताले बागी उम्मेदवार दिएपछि सोहीअनुसार तयारी गरेका दल नयाँ रणनीतिमा जुटेका थिए । नगरको मुख्य प्रतिस्पर्धी मानिएका काँग्रेस र माओवादी केन्द