काठमाडौँ– उद्योग व्यवसायमा संघ, संस्थाका प्रतिनिधिले सस्तो ब्याजदरसहित लगानीमैत्री वातावरण बनाइदिन सरकारसँग अनुरोध गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग आज मन्त्रालयमा भएको निर्यात प्रवर्द्धन सम्बन्धमा व्यवसायी एवं सरोकारवालासँगको छलफल कार्यक्रममा उनीहरूले सिमेन्ट, स्टिल, जुत्ता, धागो, चियालगायतका वस्तु निर्यात गरी लाभान्वित हुनसक्ने अवस्था भए पनि लगानीमैत्री वातावरण अभावका कारण मुलुकले ठूलो लगानी गुमाउनुपरेको धारणा व्यक्त गरे […]