सुर्खेत : अदालतबाट कसूरदार ठहर भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्री अम्मरबहादुर थापा पदमा बहाल भएको भन्दै कर्णाली प्रदेश सभाको आठौं अधिवेशन चल्न नदिएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को माग सम्बोधन गर्न कर्णाली सरकार तयार भएको छ।सत्तापक्ष र प्रतिपक्षबीच बिहीबार लिखित सहमति हुने स्रोतले जानकारी दिएको छ। मन्त्री थापाको बर्खास्ती माग गर्दै एमालेले प्रदेश सभाको अधिवेशन शुरू भएकै दिनदेखि अवरुद्ध गर्दै आएको थियो। जेठ २४ गतेबाट शुरू संसद अधिवेशन हिजो बुधबार तेस्रो दिन पनि अवरुद्ध ग