शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार : उपप्रधानमन्त्री खड्का

नेपाली कांग्रेसका उपसभापति एवम् कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् । उनले अहिलेको कमजोर अर्थतन्त्रले धान्न नसक्ने र संविधानले शिक्षाका सम्बन्धमा गरेको व्यवस्था प्रतिकूल हुने विषयहरूबाहेक जुनसुकै कुरामा छलफल गर्न सरकार तयार रहेको बताए ।

सम्बन्धित सामग्री

संसदमा दर्ता भएको शिक्षा विधेयकबारे छलफल गर्न तयार छौँः उपप्रधानमन्त्री खड्का

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको संविधानले परिकल्पना गरेको शिक्षा व्यवस्थाको प्रतिकूल नहुने गरी संसदमा दर्ता भएको शिक्षा विधेयकबारे छलफल गर्न सरकार तयार रहेको बताएका छन् ।