अमेरिका इज ब्याक : विदेशमन्त्री एन्टोनी

अमेरिकी विदेशमन्त्री एन्टोनी  ब्लिङ्कनले जो बाइडेन राष्ट्रपति भएपछि अमेरिका पूर्ववत् स्थितिमा फर्किएको बताएका छन्। डोनाल्ड ट्रम्पको कार्यकालमा प्राथमिकतामा नपरेको महामारी नियन्त्रण, जलवायु परिवर्तन लगायतका विषयमा बाइडेन प्रशासनले काम गर्ने उनले बताए। उनले ट्रम्पको 'अमेरिका फस्ट' नीतिमा समेत परिवर्तन हुने बताएका छन्।   साथै कोरोना भाइरसविरुद्ध विश्वव्यापी भ्याक्सिन कार्यक्रममा समेत उनले…

सम्बन्धित सामग्री

चिनियाँ विदेशमन्त्री यी यसै साता अमेरिका जान सक्ने

चीनका विदेशमन्त्री वाङ यीले यसै साताको अन्त्यमा वासिङ्टन डिसीको भ्रमण गर्न सक्ने अपेक्षा गरिएको वरिष्ठ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले बताएको छ।...

अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रुसी विदेशमन्त्री लाभरोभ बीच भेट

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बीच करिब एक वर्षको अन्तरालमा भेटवार्ता भएको छ । रुस-युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिका बीच तिक्ततापूर्ण सम्बन्ध रहेकामा बिहीबार दुई देशका विदेशमन्त्री बीच पहिलो पटक आमनेसामने कुराकानी भएको बताइएको छ । भारतको अध्यक्षतामा नयाँ दिल्लीमा जारी जी-२० देशका विदेशमन्त्रीहरूको बैठकमा उक्त संक्षिप्त […]

ताइवान चिनियाँ भूमि : विदेशमन्त्री वाङ यी

बेइजिङ – चिनियाँ विदेशमन्त्री वाङ यीले ताइवान संयुक्त राज्य अमेरिकाको हिस्सा नभएर चिनियाँ भूमि भएको बताएका छन् । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि अमेरिकी नीतिविरुद्धको पछिल्लो कूटनीतिक आलोचनामा आह्वानमा विदेशमन्त्री वाङ यीको उक्त भनाइ आएको हो । बंगलादेश भ्रमणमा रहेका विदेशमन्त्री यीले अमेरिका ताइवान मामिलामा संलग्न भएको आरोप […]

भारतका रक्षामन्त्री र विदेशमन्त्री एकसाथ अमेरिका भ्रमणमा जाने

एजेन्सी, २४ चैत्र । भारतका रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस. जयशंकर एकसाथ अमेरिका भ्रमणमा जाने भएका छन् । सिंह र जयशंखरले ११ र १२ अप्रिलमा अमेरिका भ्रमण गर्ने भारतका विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । सिंह र जयशंकर दुवैले भारत अमेरिका टु प्लस टु मन्त्रीस्तरीय बैठकमा भाग लिने […]

अमेरिका तालिवानसँग सहकार्य गर्न तयार छ : विदेशमन्त्री ब्लीनकन

एजेन्सी, १५ भदौ । अमेरिका तालिवानसँग सहकार्य गर्न तयार रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीनकनले बताएका छन् । तालिवानलाई अमेरिकाले विश्वास नगरेपनि उक्त समूहले वाशिङटनको हितमा कार्य गरे अमेरिकापनि सहकार्य गर्न तयार रहेको विषयलाई अमेरिकी विदेशमन्त्रीले सोमबार बताएका हुन् । उनको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘अफगानिस्तानको अगामी दिनलाई मध्यनजर गरी तालिवानले यदी वाशिङटनको हितमा […]

चीनको विपक्षमा अमेरिका-अस्ट्रेलिया सँगसँगै

एजेन्सी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले चीनले थोपरेको आर्थिक दबाबमा आफू सधैं अस्ट्रेलियाको साथमा रहने बताएका छन्। अमेरिका पुगेका अस्ट्रेलिया विदेशमन्त्री मोरिस पायनेसँग संयुक्त प्रेसवार्तामा बोल्दै उनले अमेरिकाले अस्ट्रेलियालाई कहिल्यै एक्लै हुन नदिने घोषणा गरेका हुन्।अमेरिका र अस्ट्रेलिया क्‍वाड समूहमा छन् र उनीहरु यसका माध्यमबाट थुप्रै काम गर्न चाहन्छन्।चीनले भने क्‍वाडलाई सीमित स्वार्थपूर्तिका निम्ति खोलिएको संगठन बताउँदै आएको छ।