यस्ता पनि ठेकेदार : २० महीनाको काम ४ महीनामै सम्पन्न !

म्याग्दी । ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र बन्ने र समयमा पूरा नहुने समस्या बढिरहेको अवस्थामा २० महीनाको ठेक्का अवधि भएको म्याग्दीको एउटा आयोजनाको काम ४ महीनामै पूरा भएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले सञ्चालन गरेको म्याग्दीको बेनी नगरपालिका–२ को भसभसेको कटान र पहिरो नियन्त्रण योजना लक्ष्यभन्दा १६ महीना अगाडि सम्पन्न भएको हो । निर्माण व्यवसायीको इच्छाशक्ति, सम्बन्धित कार्यालयको समन्वय, सहजीकरण, निगरानी तथा आयोजना निर्माणस्थलमा सहजरूपमा काम गर्ने वातावरण भएमा विकास आयोजनामा ढिलासुस्ती हटाएर समयमै पूरा गर्न सकिने सन्देश यो आयोजनाले दिएको स्थानीयवासी नेत्रबहादुर महतले बताए ।  'म्याग्दीका धेरै आयोजना ढिलासुस्तीले थलिएका र अलपत्र बनेको अवस्थामा भसभसेको पहिरो र नदी नियन्त्रणको काम छिटो सकिएकामा खुसी लागेको छ', उनले भने, 'अरु आयोजना र निर्माण व्यवसायीले पनि यसरी नै समयमै काम गरिदिएमा विकासले गति लिने थियो ।' भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि कम्पोजिट पर्खाल निर्माण गर्न हिमालयन कन्ट्रक्सनले गत फागुनमा २ करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । कम्पनीका प्रतिनिधि सागर रेग्मीले ८१ दशमलव ५ मिटर लामो पर्खाल निर्माण गर्ने काम गत हप्ता सकिएको जानकारी दिए ।  'आर्थिक क्षेत्रमा देखिएको असहजता, निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद खोला किनारको काम गर्न चुनौती थियो । ठेक्कालगत्तै पर्याप्त मजदुर र उपकरण परिचालनका साथै निर्माण सामग्री जुटाएर चार महीनामै पूरा गरेका छौँ', उनले भने, 'स्थानीयस्तरमा पनि काम गर्ने वातावरण भएकाले सहज भयो ।' बाढीको कटान रोक्न म्याग्दी नदी किनारको जमिनभित्र चार मिटर चौडाइ र दुई दशमलव पाँच मिटर पक्की आरसिसी पर्खाल बनाइएको छ । पक्की पर्खालको माथिपट्टि तीन मिटर अग्लो ग्यावियन पर्खाल लगाइएको छ । म्याग्दी नदीको किनारमा निर्माण गरिएको पर्खालले कटानका साथै बेनी–बागलुङ सडकमा पर्ने भसभसेको पहिरो रोकथाममा सहयोग पुग्ने रुपाताल संरक्षण एकीकृत विकास परियोजनाका इन्जिनियर कृष्णबहादुर विश्वकर्माले बताए ।   उनका अनुसार परियोजनामार्फत म्याग्दीको सदरमुकाम बेनी र आसपासका क्षेत्रमा कटान र बाढी नियन्त्रण गर्न यस वर्ष करीब ५० करोड रुपैयाँ बजेटमा आठवटा आयोजना सञ्चालन भएका छन् । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारमा कटान र बाढी नियन्त्रण गर्न एकैसाथ आठ ठाउँमा नियन्त्रणको काम भइरहेको हो । बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । रासस

सम्बन्धित सामग्री

ठेकेदार भागेपछि विरोधमा प्रदर्शन

सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीय गतब्य जोड्ने मंगलगढी–काँक्रेविहार सडकको स्तरोन्नति काम रोकेर ठेकेदार भागेपछि स्थानीयसहित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।...

ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार सम्पर्कमा

दमौली, १८ जेठ । तनहुँको भानु नगरपालिकामा तीन वटा सडक कालोपत्रको ठेक्का पाएका ठेकेदार चेतावनीपछि सम्पर्कमा आएका छन् । सडकको ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार नगरपालिकाको सम्पर्कमा आएका हुन् । नगरपालिकाले काश्यप निर्माण सेवालाई कालोसूचीमा राख्ने र ठेक्का तोड्ने चेतावनी दिएको थियो । उक्त चेतावनीको छ घन्टाभित्रै निर्माण कम्पनीका सञ्चालक माधव घिमिरे नगरपालिकाको सम्पर्कमा आएको प्रमुख […]

आएनन् ठेकेदार, बनेन पुल

गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयास्थित बालुवाटार जोड्ने कटैनी खोला र चौमाला पुरानो बजार जोड्ने नदीमा निर्माणाधीन पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेको हो।...

यी हुन् एमालेबाट उम्मेदवार सिफारिस भएका ठेकेदार र व्यवसायी

एमालेबाट पनि प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकमा ठेकेदार र व्यावसायिक पृष्ठभूमिका थुप्रै व्यक्ति उम्मेदवार सिफारिस भएका छन् । चर्चित मेडिकल व्यवसयी दुर्गा प्रसाईंदेखि उद्योगपति मोतीलाल दुगडसम्म...

मजदुरको रकम नदिइ ठेकेदार सम्पर्कविहीन

रकम उपलब्ध गराई दिन भन्दै १६ जना पीडीतद्धारा ठेकेदार कम्पनी बिरुद्ध प्रशासन कार्यालयमा उजुरी

एकै पटक २० ठेकेदार कम्पनी कालो सूचीमा

काठमाडौँ । समयमै काम सम्पन्न नगर्ने २० ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिविद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरेको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा(१) अनुसार उनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने […]

दासढुंगामा मदन–आश्रित स्मृति पूर्वाधार बनाउने ठेकेदार फरार

काठमाडौं, २७ चैत्र । बागमती प्रदेश सरकारले बनाउँदै गरेको दासढुंगामा मदन–आश्रित स्मृति पूर्वाधार निर्माणका ठेकेदार फरार भएका छन् । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको उक्त आयोजका ठेकेदार फौदनाथ सापकोटा फरार भएका हुन् । बागमती प्रदेश सरकारले बनाउन खोजेको पर्यटन पूर्वाधारका ठेकेदार समेत काम अलपत्र छाडेर भागेपछि नयाँ ठेकेदारको खोजी सुरु भएको छ । बागमती […]

ठेकेदार बेपत्ता, सडक अलपत्र

म्याग्दी : जिल्लाको विकासका लागि महत्त्वपूर्ण मानिएको बेनी–दरबाङ सडक आयोजनाका ठेकेदार भागेपछि सडकको काम अलपत्र परेको छ।सडकको स्तरोन्नति र कालोपत्रका लागि ठेक्का सम्झौता भएर सम्पन्न हुनुपर्ने समयमा ठेकेदार कम्पनीको लापर्बाहीले पश्चिम म्याग्दीका बासिन्दा कच्ची सडकको सकसपूर्ण यात्रा गर्न बाध्य छन्।मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको ६.८ किमी सडक निर्माणको जिम्मा लिएको बिरुवा–क्याराभान जेभीका एकजना मजदुर पनि भेटिँदैनन्।आवश्यक निर्माण सामग्री र कोभिडले कामदारको अभ

बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन भएका छन् । ठेकेदार सम्पर्कविहीन भएपछि सडकको काम अलपत्र परेको छ । कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभानले लिएको थियो । निर्माण कम्पनीका प्रतिनिधि र ठेकेदार काम छाडेर सम्पर्कविहीन […]

ठेकेदार भागेपछि बेनी–दरबाङ सडककाे काम अलपत्र

बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ