आसन्न स्थानीय तहको निर्वाचनको चुनावी प्रचारप्रसारमा सरकारी कर्मचारीदेखि बहालवाला मन्त्रीसम्म सहभागी भएको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता पूर्ण कार्यान्वयन गराउने दाबी गरिरहेको भए पनि मकवानपुरमा आचारसंहिता उल्लङ्घनका घटना बढिरहेका छन् ।आइतबार बागमती प्रदेशको बहालवाला सामाजिक विकास मन्त्री कुमारी मोक्तान हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा तीन दलीय गठबन्धनको वडा कमिटीको आयोजनामा भएको चुनावी सभामा पुगिन् । उनी सभामा सहभागी मात्रै भइनन्, गठबन्धनको उम्मेदवारलाई विजयी गराउन अपिल गर्दै म