ललितपुर । नेपालको इतिहासमा १७औँ शताब्दीतिर धेरैजसो धार्मिक एवं सांस्कृतिक सम्पदाहरूको निर्माण भएको पाइन्छ । तत्कालीन मल्लकालीन शासनकालमा मल्ल राज्यको एक शक्तिशाली राज्य पाटन रहेको बताइन्छ । वास्तुकलामा इतिहासको बेजोड नमुना यहाँका ऐतिहासिक धार्मिक सम्पदाहरूमा भेट्न सकिन्छ । काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो सहर मानिने यस सहरलाई प्राचीन कालमा युपग्राम, यल, मनिङ्ल, ललित पत्तन, ललितापुरी आदि […]