मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच पार्टी एकता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच २ दलको एकता भएको हो । पार्टी एकताको औपचारिक घोषण अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आउँदो मे १ मा हुने नेकपा बहुमतका नेता हेमन्तप्रकाश वलीले जानकारी दिए ।