काठमाण्डाै – नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नयाँ क्रान्तिको तयारीका लागि मङ्सिर ४ गतेको चुनाव बहिस्कार गरेको जिकिर गर्नुभएकाे छ ।
आज बुधवार काठमाण्डाैकाे शान्तिबाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल), नेकपा (बहुमत) र माओवादी कम्युनिस्ट नेपालको संयुक्त आयोजनामा गरिएको चुनाव बहिस्कार सभामा बोल्दै महासचिव वैद्यले नयाँ क्रान्तिको तयारीका लागि चुनाव बहिष्कार गरिएको बताउनुभएको हो । उहाँले विद्यमान राज्य व्यवस्थाको अन्त्य गर्दै जनवादी राज्यसत्ता र वैज्ञानिक समाजवाद ल्याउन आवश्यक रहेका...