नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन् । शुक्रबार ललितपुरमा 'स्नेहलता : जीवन कथाका पानाहरू' पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताएका हुन् ।