काठमाडौं। सरकारले आज दिउँसो ४ बजे आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट घोषणा गर्दैछ। प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट हुने बजेट घोषणाले कात्तिकमा हुने निर्वाचनलाई प्राथमिकतामा राख्नेछ। यस्तै कोभिडको दोस्रो लहरलाई नियन्त्रण, कर्मचारीको तलब वृद्धि र वृद्धाभत्ता बढाइने बताइएको छ।