सुडानमा अविरल वर्षा र बाढीबाट कम्तीमा पनि ८३ जनाको ज्यान गएको छ। सोमबार रातिसम्म कम्तीमा पनि ८३ जनाको ज्यान गएको हो। बाढी प्रभावित प्रान्त तथा क्षेत्रहरूका १८ हजार घर बगाएको छ। त्यसैगरी बाढीबाट कम्तीमा पनि २५ हजार घरमा बस्न नहुनेगरी क्षति पुगेको पनि बताइएको छ।केही व्यक्ति हराएका छन् भने एक लाख ३६ हजार जना भन्दा बढी व्यक्ति बाढीबाट प्रभावित भएर अन्यत्र सारिएको छ।मौसमसम्बन्धी अधिकारीहरूले सन् १९४६ पछि पहिलोपटक सुडानका नदीहरूमा पानीको सतह धेरै बढेको जनाएका छन्। बाढीका कारण कम्तीमा छ ओटा राज्यमा आपत