नदीजन्य स्रोतको व्यवस्थापन सुधार्न निर्देशन

फागुन २३, काठमाडौं । पछिल्ला वर्षहरूमा नदीजन्य स्रोतको व्यवस्थापन कमजोर भएकोप्रति संसदीय समितिले चासो देखाएको छ ।  प्रतिनिधिसभाको अर्थ समितिले नदीजन्य स्रोत व्यवस्थापन हुनै नसकेको ठहर गर्दै यसबारे अध्ययन गरी आवश्यक नीति ल्याउन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई निर्देशन दिएको छ ।  आइतवार सिंहदरबारमा आयोगसँग गरेको छलफलमा समितिका सभापति कृष्णप्रसाद दाहालले नेपालमा नदीजन्य स्रोतको व्यवस्थापन अन्य देशमा भन्दा धेरै कमजोर रहेको बताए । उनका अनुसार व्यवस्थापनका लागि अन्य देशको व्यवस्थाको समेत अध्ययन गरेर आयोगले सुझाव दिनुपर्छ ।  नेपालमा पछिल्लो समय मुलुकभर नदीजन्य स्रोतहरूमा बेथिति देखिएको दाहालको भनाइ छ ।  उनका अनुसार प्रदेश र स्थानीय दुवै सरकारले आफ्नो क्षेत्रभित्र रहेका प्राकृतिक स्रोतसाधनको प्रयोग गर्न सकेका छैनन् । प्रदेश र स्थानीय सरकार सशर्त अनुदानको भरमा मात्रै चलेको उनको टिप्पणी छ । उनका अनुसार प्राकृतिक स्रोत तथा साधनसम्बन्धी छुट्टाछुट्टै ऐन भएकाले पनि धेरै समस्या देखिएको हुनसक्छ । समितिको छलफलमा बोल्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले केन्द्र सरकारले प्राकृतिक स्रोतको प्रयोग गर्ने राष्ट्रिय नीति बनाउनुपर्ने बताए । आफूहरूलाई कानून निर्माण गरेर प्राकृतिक स्रोतको व्यवस्थापन गर्न अधिकार दिए त्यो भूमिका निर्वाह गनै तयार रहेको उनको भनाइ छ । पौडेलका अनुसार अहिले कुन प्रदेश र स्थानीय तहमा कति सडक निर्माण गर्ने, कुन स्थानमा सडक निर्माण गर्ने र अहिले सडक कति छ, अब कति बनाउनुपर्छ भन्ने कुरा निधो गर्न पनि जरुरी छ । अहिले कुन प्रदेश र स्थानीय तहले कति काम गर्ने भनेर तोक्ने निकायमा अलमल रहेको उनको भनाइ छ । आयोगका अध्यक्ष पौडेलले प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान घटाउँदै लानुपर्ने बताए ।  छलफलमा बोल्दै नेकपा एमालेका सांसद पदम गिरीले धेरै स्थानीय तहमा वित्तीय अनुशासन कायम नभएको बताए । अर्का सांसद जयकुमार राईले स्थानीय तहमा विकास निर्माणको काम गर्दा वन ऐन र स्थानीय तहले प्रयोग गर्ने अधिकारमा समस्या रहेको बताए । बैठकमा बोल्ने धेरै सांसदहरूले प्राकृतिक स्रोतसाधनको प्रयोगको गर्ने अधिकार संघ, प्रदेश र स्थानीय तहको ऐनमा संविधानसँग बाझिएकाले विकास निर्माणका कार्यमा समस्या आएको बताए ।  

सम्बन्धित सामग्री

शहरी क्षेत्रका विद्युतका तार व्यवस्थापन गर्न वालिङ नगरपालिकाकाे निर्देशन

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले सडक तथा बजार नै कुरुप हुने गरी राखिएका विद्युत तथा केबुलका तार व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । अबको एक महिनाभित्रमा अव्यवस्थित रुपमा रहेका तारहरु व्यवस्थापन गर्न निर्देशन दिएको वालिङ नगरपालिकाले जनाएकाे छ । बिजुली, केबुल तथा नेट इन्टरनेटका तारहरु अव्यवस्थित हुँदा बजारको सौन्दर्यता नै बिग्रन गएकाले यसको […]

सात दिनभित्र फोहोर व्यवस्थापन गर्न मेयर शाहको निर्देशन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले उपत्यकाको फोहोर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन् । काठमाडौंका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।फोहोर वर्गीकरण योजना भने ३२ सै वडामा लागू गरिएको छ । हाल कामपाको फोहोर […]

एक हप्ताभित्र सबै फोहोर व्यवस्थापन गर्न बालेनको निर्देशन

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको फोहोर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन् । काठमाडौँका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२ सै वडामा लागू गरिएको छ ।हाल कामपाको फोहोर व्यवस्थापन गर्ने स्थानमा विसर्जनको काम भइरहेको भएपनि निजी कम्पनी सहभागी भएका स्थानमा फोहोर उठ्ने सुरसार नै नभएपछि प्रमुख साहले निजीलाई

एक हप्ताभित्र सबै फोहर व्यवस्थापन गर्न निर्देशन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन्। काठमाडौँका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२ सै वडामा लागू गरिएको छ । हाल कामपाको फोहर […]

तोकिएको समयभित्रै विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन

३ जेठ, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तोकिएको समयभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखाले पत्राचार गर्दै गठित समितिको म्याद सकिएको भए वा नियमानुसार गठन नभएको भए तोकिएको समयमा गठन गर्न भनेको छ । शैक्षिक योजना तथा विकास […]

नागढुंगा सुरुङमार्गका विस्थापितहरूको मागअनुसार व्यवस्थापन गर्न निर्देशन

राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा सुरुङमार्गमा परेर विस्थापित भएका स्थानीयहरूको मागअनुसार व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ

खोप केन्द्र र जनशक्ति व्यवस्थापन गर्न निर्देशन

काठमाडौँ । सरकारले कोरोनाविरुद्धको खोप केन्द्र र जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभरका सबै खोप केन्द्र र खोप केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको हो । ‘खोपको स्थानीय व्यवस्थापन र सूक्ष्म योजना प्रदेश र सो मातहतको सम्बन्धित जिल्ला स्थित स्वास्थ्य कार्यालय र स्थानीय […]