नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक, दलको नेतामा रञ्जिता श्रेष्ठ चौधरी (निर्णयसहित)

काठमाडौं, १० पुष । नागरिक उन्मुक्ति पार्टीले दलको नेतामा अध्यक्ष रञ्ज्तिा श्रेष्ठ चौधरीलाई चयन गरेको छ । उक्त दलको काठमाडौंमा यही पुष ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, दलको प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतकमा अरुण कुमार चौधरीलाई चयन गरेको हो । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा […]

सम्बन्धित सामग्री

माधव नेपालले गर्न चाहेको प्रचण्ड र ओलीको परीक्षण

२ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई सांसद लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले दाबी पेश गरे । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षका कैलाशलाई नेकपा एमाले र माओवादी केन्द्रका साथै …

प्रचण्डलाई विश्वास, एक-अर्कालाई अविश्वास

यतिबेला नाउपाभित्र पैदा भएको संकट विचित्रको छ । रेशम, जसले पछिल्ला दिनमा पार्टीमा कार्यकारी अधिकार प्रयोग गर्दैथिए उनीसँग यति बेला कुनै वैधानिक अधिकार छैन । रञ्जिता, जोसँग कार्यकारी अधिकार छ तर पार्टीको दुई तिहाइ बहुमत उनको प्रतिकूल छ ।

‘पार्टी र घरपरिवारको सल्लाहम‍ा म अध्यक्ष भएको हुँ’

उहाँ (रञ्जिता श्रेष्ठ चौधरी) ले मन्त्रालय चलाइराख्दा धेरै राजनीतिक वार्ता, बहस गर्नुपर्ने, व्यस्तताले धेरै ठाउँमा अध्यक्षका हिसाबले उपस्थित हुन नसक्ने, धेरै कार्यक्रममा समय दिन नसक्ने हुनाले पार्टी, हाम्रो घरपरिवार सबैको सरसल्लाह बमोजिम नै म अध्यक्षमा आएको हुँ ।

माइतीघरमा समर्थकलाई सम्बोधन नगरी विमानस्थलतिर लागे रेशम चौधरी (तस्बिरसहित)

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले माइतीघरमा आफ्ना समर्थकलाई सम्बोधन नगरी विमानस्थल पुगेका छन्। सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएका उनी आफ्नो घर जान विमानस्थल पुगेका हुन्। जेलबाट रिहा भएसँगै आजै बिहान उनी पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका थिए।रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी वर्तमान सरकारमा मन्त्री छिन्। श्रेष्ठ नागरिक उन्मुक्ति पार्टी अध्यक्षसमेत हुन्। गणतन्त्र दिवसका […]

नागरिक उन्मुक्ति पार्टीसहित चार पार्टीबीच एकता घोषणासभा

नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता सङ्घर्ष समाज र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच सोमबार मोरङमा पार्टी एकता घोषणासभाको आयोजना गरिएको छ । उन्मुक्ति पार्टीकी राष्ट्रिय अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ, समाजका संयोजक त्रिनारायण राजवंशी र अध्यक्ष दिनेशराज राजवंशी र अभियानका विनोद …

रेशम चौधरी र सिके राउतको पार्टीबीच कार्यगत एकता, के–के छन् साझा मुद्दा ?

धनगढी । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीच कार्यगत एकता भएको छ । दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेसका साझा धारणा र मुद्दाहरूलाई संयुक्त रूपमा उठाउने गरी कार्यगत

कैलाली १ मा त्रिपक्षीय प्रतिस्पर्धा

धनगढी– कैलाली १ मा नागरिक उन्मुक्ति पार्टी र गठबन्धनको साथ पाएको नेपाली कांग्रेस विगतको आफ्नो विरासत जोगाउन प्रयासरत छन् । एमाले भने थारु मत विभाजित हुँदा आफ्नो पक्षमा नतिजा आउने आशमा छ । नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी आफ्ना श्रीमान् रेशम चौधरीले २०७४ मा प्राप्त गरेको जित र गत वैशाखमा भएको पालिकाको निर्वाचनमा पार्टीले […]

रेशम चौधरी निर्दोष हुन, राज्यले झुटो मुद्दा लगाएर फसायो : लक्ष्मण थारु

काठमाडौं, १२ असार । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् । देशको भाग्य र भविष्य अब यही पार्टीले बनाउने भन्दै उनीहरु उक्त पार्टीमा प्रवेश गरेका हुन् । रिपोर्टर्स क्लब नेपालमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दै थारुसहित थरुहट थारुवान राष्ट्रिय मोर्चा […]