माथिल्लो त्रिशूली-१ कात्तिकदेखि निर्माण हुने

अनुमतिपत्र (लाइसेन्स) लिएको १० वर्षपछि अर्थात आगामी कात्तिकदेखि २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण सुरु हुने भएको छ । सन् २०१२ मा कोरियन कम्पनीले आयोजनाको अनुमतिपत्र लिएपछि लामो समयसम्म विद्युत् खरिद सम्झौता (पीपीए) लगायतका लागि लामो संघर्ष गरेको यस आयोजना निर्माण कार्य आगामी कात्तिकदेखि सुरु हुने भएको हो । तीन कोरियन कम्पनी, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाली साझेदारसमेतको लगानीको नेपाल वाटर एण्ड इनर्जी डेलभपेन्ट कम्पनीले अन्र्तराष्ट्रिय नौ बैंक तथा वित्तीय संस्थाको ऋण लगानीमा निर्माण हुन लागेको हो । २०७७ सालको सुरु अर्थात वैशाखदेखि नै आयोजनाको निर्माण कार्य सुरु गर्ने भनेपनि कोरोना महामारी लगायतका कारणले वित्तीय व्यवस्थापन हुन नसकेपछि सुरु हुन सकेको छैन ।

सम्बन्धित सामग्री

माथिल्लो त्रिशूली–१ को शिलान्यास ०८३ मंसिरभित्र सञ्चालनमा ल्याइने

कोरियन लगानीमा निर्माणाधीन दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । रसुवामा निर्माणाधीन उक्त आयोजनाको मंगलबार काठमाडौंमा विशेष समारोहबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेका...

हालसम्मकै ठूलो माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको शिलान्यास

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन हालसम्मकै ठूलो दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास गरेका छन् । आज आयोजित एक समारोहकाबीच मन्त्री बस्नेतले सो आयोजनाको बाँध लगायतका संरचना (हेडवक्र्स) निर्माणको शिलान्यास गरेका हुन् । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँधलगायतका संरचना […]

जलविद्युत्को प्रभाव प्रतिवेदन सार्वजनिक

रसुवामा निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना (२१६) बारे तयार पारिएको अध्ययन प्रतिवेदन (नेपाली र तामाङ दुवै भाषामा) सार्वजनिक गरिएको छ।...

२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ को डाइभर्सन सुरुङ ब्रेकथ्रु

प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधलगायत संरचना (हेडवक्र्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङको ब्रेकथ्रु भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र ५ मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ । सुरुङ निर्माण सम्पन्न भएपछि मंगलबारबाट सोही […]

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण तीव्र

रसुवा । रसुवा जिल्लाको सबैभन्दा ठूलो माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आफ्नो निर्माण तीव्ररूपमा अघि बढाएको छ । त्रिशूली नदीको पानी सदुपयोग गर्दै आमाछोदिङ्मो गाउँपालिका–१ र उत्तरगया गाउँपालिका–१ को हाकु पाखाको जमिनलाई आधार बनाई भूमिगत संरचनाबाट २१६ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागिएको हो । धुञ्चेको पुछार भोटेकोशीमा बाँध बाँधेर ९ दशमलव ७ किमी सुरुङको सहायताले मैलुङ दोभानमा पानी पुर्‍याई विद्युत् उत्पादन गरिनेछ । रू.  ५५ अर्बको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिई प्रारम्भिक अध्ययन भएको १० वर्षपछि नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले दुई महीनादेखि पूर्णरूपमा निर्माण अगाडि बढाएको हो । आर्थिक स्रोत व्यवस्थापन, वातावरण तथा भौगर्भिक अवस्थाको अध्ययन, नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीदविक्रीको सम्झौता, बाह्य संरचनाअन्तर्गत आवास तथा पहुँच मार्गको निर्माणलगायत काम पूरा गरी सुरुङ निर्माण अगाडि बढाइएको छ । सदरमुकाम धुञ्चे पुछार भोटेकोशीमा १०९ मिटर लम्बाइ, ३० दशमलव ८ मिटर चौडाइ र २९ दशमलव ५ मिटर उचाइ भएको बाँध, ६ दशमलव ७ मिटर व्यास र ९ दशमलव ७ किलोमिटर लम्बाइको हेडरेस सुरुङ निर्माण हुने आयोजनाका प्राविधिक निर्देशक गिरिराज अधिकारीले बताए । सुरुङ निर्माणअन्तर्गत ९० डिग्री भिरालो आकारमा २९२ मिटर लामो पेनस्टक तथा २४१ मिटरको टेलरेस सुरुङ निर्माण हुनेछ । नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको आफ्नो आन्तरिक स्रोतबाट ३० प्रतिशत र ९ विदेशी बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत ऋण प्रवाह गर्ने सम्झौता भएको छ । रासस

माथिल्लो त्रिशूली–१ को निर्माण सुरु

रसुवामा बन्न लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । भूमिगत विद्युत् गृह जान प्रयोग हुने २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि मङ्गलबार चट्टान फोर्न पहिलो विस्फोट गराएर काम थालिएको आयोजना प्रवर्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ ।

माथिल्लो त्रिशूली— १ मा ब्रह्मलुट

विद्युत् प्राधिकरणले माथिल्लो त्रिशूली— १ को डलर पीपीए होइन, नेपाली रुपैयाँलाई डलरमा रूपान्तरण गरेर दिने हो भन्दै आएको छ। यो भनेको जनताका आँखामा

माथिल्लो त्रिशूली–१ को 'पीपीए' डलरमा

काठमाडौं :  नेपाल विद्युत् प्राधिकरण र २१६ मेगावाट माथिल्लो त्रिशूली–१ आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनी प्रालिसँग विद्युत खरिद–बिक्री सम्झौता 'पीपीए'मा हस्ताक्षर भएको छ। ऊर्जासचिव अनुपकुमार उपाध्याय र नेपालका लागि कोरियन राजदूतको उपस्थितिमा आइतबार प्राधिकरणका का...

माथिल्लो त्रिशूली –१ को पीपीए डलरमा हुने

काठमाडौँ, माघ १२ गते । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो त्रिशूली –१ आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ । २१६ मेगावाटको...