काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले नजाने भएको छ ।
संसदमा भइरहेको अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाउनु भएको हो। तर, आफूहरु सत्ता पक्ष र प्रतिपक्षको भूमिकामा हुने खालका बैठकमा मात्रै सहभागी हुने र अरु बैठकमा सहभागी नहुने एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।
एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीलाई समेत बोलाइएको भन्दै एमाले बैठकमा सहभागी नहुने भएको हो । एमालेलाई असंवैध...