लमजुङमा गण्डकी प्रदेशस्तरीय महोत्सव हुने भएको छ । लमजुङ उद्योग वाणिज्य संघले आगामी २५ चैतदेखि ४ वैैशाखसम्म बेसीशहरको सहजी खेल मैदानमा सातौँ लमजुङ महोत्सव आयोजना गरिने जनाएको छ ।
लमजुङ महोत्सवलाई...
लमजुङमा चैत अन्तिम सातादेखि लमजुङ महोत्सव २०८० हुने भएको छ । लमजुङ उद्योग वाणिज्य संघले बिहीबार बेसीशहरमा पत्रकार सम्मेलन गरी आगामी २३ चैतदेखि ३ वैशाखसम्म बेँसीसहरको सहजी खेलमैदानमा आठौं लमजुङ...
लमजुङको बेसीशहरमा संचालित गण्डकी प्रदेश स्तरीय सातौ लमजुङ महोत्सव १५ करोड रुपैयाँको कारोबार गर्दै सम्पन्न भएको छ । चैत २५ गतेदेखि संचालित १० दिने महोत्सवमा १ लाख बढी दर्शकले अवलोकन...
लमजुङ – लमजुङ सदरमुकाम बेँसीसहरमा गण्डकी प्रदेशस्तरीय सातौँ लमजुङ महोत्सव आयोजना गरिएको छ । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन स् कोभिड–१९ पछिको व्यवसाय पुनर्स्थापन’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले कोरोनाले थला पारेको व्यवसाय ,परम्परागत कला संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण […]
दुई लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा
महोत्सवले कोभिड १९ ले थला पारेको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ
महोत्सव वैशाख ४ गतेसम्म सहजीखेल मैदानमा सञ्चालन हुनेछ
लमजुङ सदरमुकाम बेँसीसहरमा गण्डकी प्रदेशस्तरीय...
लमजुङ । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटनः कोभिड–१९ पछिको व्यवसाय पुनःस्थापना’ भन्ने मूल नाराका साथ लमजुङ बेँसीसहर नगरपालिका–७ सहजीमा सातौँ लमजुङ महोत्सव सुरु भएको छ ।
लमजुङ – लमजुङ महोत्सव अवधिभर विद्युत कटौती नहुने भएको छ । २२० केभी प्रसारण लाइन आयोजनाको उदीपुरदेखि मर्स्याङदी पावर हाउसखण्डमा तार तान्ने काम भइरहेकाले नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले बिहीबारदेखि उदीपुर-खुदी र बेसीसहर फिडर लाइन १० दिनका लागि विद्युत लाइन काटिने तथा आपूर्ति बन्द हुने सूचना जारी गरेको थियो । विद्युत् कटौती हुने सूचना […]
चैत ७, लमजुङ । लमजुङस्थित बेँसीशहर नगरपालिका–ं७ मा सातौं लमजुङ महोत्सव हुने भएको छ ।
स्थानीय उत्पादन, संस्कृति तथा पर्यटनः कोभिड–१९ पछिको व्यवसाय पुनःस्थापना भन्ने मूल नारासाथ यही २५ देखि वैशाख ४ गतेसम्म उक्त स्थानमा सो महोत्सव हुने भएको हो । आयोजक लमजुङ उद्योग वाणिज्य संघले बेँसीशहरमा सोमवार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव हुनेबारे जानकारी गराएको हो ।
संघका अध्यक्ष गुणराज सिलवालले भने, ‘जिल्लामा रहेका परम्परागत कला संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेश स्तरसम्म प्रवर्द्धन गर्ने एवम् स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरी जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्यका साथ महोत्वस आयोजना गर्न लागेका छौँ ।’
उनका अनुसार महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, गण्डकी प्रदेशभित्र रहेका उद्योग तथा व्यावसायिक प्रतिष्ठानको विशेष प्रदर्शन, कृषि, पुष्प तथा जडीबुटी प्रदर्शनी, लोक दोहोरी गीत कार्यक्रम, फोटो तथा वृत्तचित्र प्रदर्शनी, जातीय एवम् सांस्कृतिक सग्रहालय, नवप्रतिभा, स्थानीय एवम् विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ ।
त्यस्तै आयोजकका अनुसार कोभिड-१९ को प्रभावले सुस्ताएको जिल्लाको पर्यटन व्यवसायलाई पुनरुत्थान गरी टेवा पुर्याउने, जिल्लामा व्यावसायिक कृषि, पशुपालन र जुडीबुटी प्रवर्द्धन गरी निर्यातजन्य उत्पादनका लागि प्रोत्साहन गर्ने, स्थानीय उद्योग, व्यापार, हस्तकलाको प्रवर्द्धन गर्ने महोत्वसको उद्देश्य रहेको छ । महोत्सवमा २०० ओटा स्टल राखिने छ । रासस