चैत २५ देखि सातौं लमजुङ महोत्सव

बेंसीसहरको सहजी खेलमैदान त्रिवेणी रंगशालामा यही चैत २५ गतेदेखि सातौं लमजुङ महोत्सव २०७८ हुने भएको छ ।

सम्बन्धित सामग्री

१५ करोडको कारोबार गर्दै सकियो सातौं लमजुङ महोत्सव

लमजुङको बेसीशहरमा संचालित गण्डकी प्रदेश स्तरीय सातौ लमजुङ महोत्सव १५ करोड रुपैयाँको कारोबार गर्दै सम्पन्न भएको छ । चैत २५ गतेदेखि  संचालित १० दिने महोत्सवमा १ लाख बढी दर्शकले अवलोकन...

सातौं लमजुङ महोत्सव सुरु

बेंसीसहरमा सातौं लमजुङ महोत्सव २०७८ सुरु भएको छ । सहजी खेलमैदान त्रिवेणी रंगशालामा शुक्रबारदेखि सुरु भएको महोत्सव वैशाख ४ सम्म चल्नेछ । कोरोना संक्रमण जोखिम कम हुँदै गएपछि लमजुङ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । महोत्सवअघि बेंसीसहरको शेराबजारदेखि नारायणस्थान चोक हुँदै मनाङे चौतारा भएर सहजीसम्म विभिन्न झाँकी तथा र्‍याली निकालिएको थियो ।

निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ। लमजुङको बेंँसीसहरमा शुक्रबारदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय सातौं लमजुङ महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकास र समृद्धिका लागि निजी क्षेत्रको समन्वय र सहयोग अपरिहार्य रहेको र सहयोग नभएमा अघि बढ्न नसक्ने बताउनुभएको हो।

सातौं लमजुङ महोत्सव चैत २५ गतेदेखि शुरु

चैत ७, लमजुङ । लमजुङस्थित बेँसीशहर नगरपालिका–ं७ मा सातौं लमजुङ महोत्सव हुने भएको छ ।  स्थानीय उत्पादन, संस्कृति तथा पर्यटनः कोभिड–१९ पछिको व्यवसाय पुनःस्थापना भन्ने मूल नारासाथ यही २५ देखि वैशाख ४ गतेसम्म उक्त स्थानमा सो महोत्सव हुने भएको हो । आयोजक लमजुङ उद्योग वाणिज्य संघले बेँसीशहरमा सोमवार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव हुनेबारे जानकारी गराएको हो ।  संघका अध्यक्ष गुणराज सिलवालले भने, ‘जिल्लामा रहेका परम्परागत कला संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेश स्तरसम्म प्रवर्द्धन गर्ने एवम् स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरी जिल्लाको आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ महोत्वस आयोजना गर्न लागेका छौँ ।’  उनका अनुसार महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, गण्डकी प्रदेशभित्र रहेका उद्योग तथा व्यावसायिक प्रतिष्ठानको विशेष प्रदर्शन, कृषि, पुष्प तथा जडीबुटी प्रदर्शनी, लोक दोहोरी गीत कार्यक्रम, फोटो तथा वृत्तचित्र प्रदर्शनी, जातीय एवम् सांस्कृतिक सग्रहालय, नवप्रतिभा, स्थानीय एवम् विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । त्यस्तै आयोजकका अनुसार कोभिड-१९ को प्रभावले सुस्ताएको जिल्लाको पर्यटन व्यवसायलाई पुनरुत्थान गरी टेवा पुर्‍याउने, जिल्लामा व्यावसायिक कृषि, पशुपालन र जुडीबुटी प्रवर्द्धन गरी निर्यातजन्य उत्पादनका लागि प्रोत्साहन गर्ने, स्थानीय उद्योग, व्यापार, हस्तकलाको प्रवर्द्धन गर्ने महोत्वसको उद्देश्य रहेको छ । महोत्सवमा २०० ओटा स्टल राखिने छ । रासस

कोरोनाले मेला–महोत्सव प्रभावित

लमजुङ । लमजुङमा माघमा हुने भनिएका दुईवटा सार्वजनिक कार्यक्रम तेस्रो चरणको कोरोना संक्रमितको संख्या बढेसँगै प्रभावित भएका छन् । माघको पहिलो हप्ता सोनाम ल्होसारको अवसरमा हुने भनिएको ल्होसार उत्सव र अन्तिम सातामा हुने भनिएको सातौं लमजुङ महोत्सव प्रभावित भएका हुन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संघीय सरकारसँगै गण्डकी प्रदेश सरकारले पनि मेला–महोत्सव, भेला र […]