सुनकोसीमा बेलिब्रिज जडानपछि गाईघाट–दिक्तेल सिधा यातायात

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटबाट पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत सुनकोसी नदीमा हालै बेलिब्रिज जडान भएको छ । पुल जडानसँगै गाईघाटबाट दिक्तेलसम्म र दिक्तेलबाट गाईघाटसम्म सिधा यातायातका साधन सञ्चालन भएका छन् । मङ्सिरको दोस्रो हप्तादेखि उदयपुरको रौतामाई गाउँपालिका–५ स्थित फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–१ लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीमा बेलीब्रिज जडान […]

सम्बन्धित सामग्री

बेलिब्रिज बनेपछि यातायात सञ्चालन

बाढीपहिरोले बगाएको बाह्रबिसे नगरपालिका–३, खाग्दलखोलामा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ । बेलिब्रिज निर्माणसँगै तातोपानी नाकाबाट राजधानी छिर्न लागेका मालवाहक कन्टेनर

बेनी–दरबाङ सडकमा बेलिब्रिज बनाउन अध्ययन सुरु

म्याग्दी– धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकअन्तर्गत फापरखेतको पहिरोले बर्खा याममा सिधा यातायात सेवालाई प्रभावित बनाउँदै आएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतको पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययन सुरु भएको छ । मंगला गाउँपालिकाको वडा नम्बर ३ पखेर लुलीयाघाट […]

बाजुराका तीन खोलामा बेलिब्रिज बन्ने

पुल निर्माण भएका अनाई, दानसाँघु र भौनेरा खोलामा बेलिब्रिज निर्माण गर्न लागिएको हो। ती खोलाका कारण सडक निर्माण भएर पनि पुल नहुँदा बर्षादको बेला यातायात सेवा अवरुद्ध हुने गरेको थियो। बेलिब्रिज निर्माण पछि सडक बाह्रै महिना चल्ने अवस्था हुनेछ।...

कहिले बन्छ भेरीमा भाँच्चिएको बेलिब्रिज ?

तोकिएको समयभन्दा एक वर्षपछि निर्माण कार्य सुरु भएको नलगाड–१२ स्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँच्चिएपछि अन्योलमा परेको छ । जाजरकोट, रुकुमपश्चिम हुँदै डोल्पा सिधा यातायात गर्नका लागि मुख्य मानिएको उक्त पुल निर्माण हुँदै गर्दा बीचमै भाँच्चिएर नदीमा खसेपछि पुल कहिले निर्माण हुन्छ भन्ने अन्योल सिर्जना भएको हो । यही वैशाख ७ गते बेलिब्रिज जडान गर्दैगर्दा […]

रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिँदै

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत रुप्से खोलामा ४८ मिटर लामो बेलिब्रिज जडान शुरू भएको हो । आयोजनाका इञ्जिनीयर विष्णु चापागाईंले रुप्से खोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि सवारीसाधन आवतजावत सहज बनाउन बेलिब्रिज राख्न लागिएको बताए । ‘ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले बेलिब्रिज राख्न पूर्वाधार निर्माण शुरू गरेको छ,’ उनले भने, ‘एक वर्षभित्र बेलिब्रिज निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’ बेलिब्रिज जडान गर्न मुक्तिनाथ निर्माण सेवाले रू. तीन करोड ५६ लाखमा यसै महीना ठेक्का सम्झौता गरेको छ । कम्पनीका सञ्चालक ओम गौचनले सम्झौता भएलगत्तै बेलिब्रिजको फाउण्डेशन र पर्खाल निर्माण शुरू गरिएको बताए । कम्पनीमार्फत बेलिब्रिज निर्माणका साथै रुप्सेखोला नजिकै सडक निर्माण र पहिरो पनि पन्छाउने सम्झौता भएको छ । विसं २०६४ मा जडान गरिएका महभिर र पोखरे बगरका बेलिब्रिज त्यहाँ पक्की पुल बनेपछि एक वर्षदेखि प्रयोगविहीन छन् । तीमध्ये एउटा बेनी–बगरफाँट र अर्को रुप्से खोलामा स्थानान्तरण गर्न लागिएको हो । वर्खायाममा रुप्से खोलामा बाढी आउँदा बेनी–जोमसोम सडकमा यातायात सेवा अवरुद्ध हुने गरेको छ । २०७७ साउनमा बाढीले रुप्से खोलामा निर्माणाधीन पक्की पुलको संरचना बगाएपछि निर्माण रोकिएको छ । निर्माणका क्रममा रहेको रुप्से र मुस्ताङको खहरेखोलाको पुलको संरचना बाढीले बगाएपछि डिजाइन परिवर्तन गरेर नयाँ बनाउन प्रक्रिया अघि बढाइएको बेनी जोमसोम कोरला सडक आयोजनाले बताएको छ । रासस

पृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध

काठमाडौँ,२७ जेठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने […]

आँबुखैरेनीमा सडक भासियो, दुईतर्फी यातायात अवरुद्ध

२७ जेठ, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ४ ड्याम नजिक सडक भासिएको छ । गएरातिदेखि परेको अबिरल वर्षाको कारण करिब २० मिटर सडक भासिएपछि दुईतर्फी नै यातायात बन्द भएको छ । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल […]

यस पटक पनि झिकियो सुनकोसीको अस्थायी बेलिब्रिज

खोटाङ-सुनकोसी नदीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पुलको काम नसकिँदा तराई आवतजावतका लागि घुमाउरो बाटो प्रयोग गर्नुपर्ने खोटाङबासीको बाध्यता यसपटक पनि दोहोरिएको छ । फोक्सिङटारस्थित अस्थायी बेलिब्रिज निकालिएसँगै खोटाङ र तराईबीचको सिधा यातायात बन्द भएको छ ।सगरमाथा राष्ट्रिय राजमार्गको गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटारको सिमानामा पर्ने फोक्सिङटारको सुनकोसी नदीमाथि जडान गरिएको […]

डोल्पाको त्रिपुराकोट पुग्यो गाडी

सुर्खेत : ट्र्याक खुलेको पाँच वर्षपछि जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात सेवा सञ्चालनमा आएको छ। भेरी नदीको बिच बिचमा बेलिब्रिज  निर्माण भएपछि सिधा यातायात सञ्चालन हुन थालेको हो।करपगाड र खदाङमा बेलिब्रिज बनेपछि यो सम्भव भएको हो। दुई ठाउँमा बेलिब्रिज बनेपछि मालबाहक तथा सवारी साधन त्रिपुराकोटसम्म पुगेका हुन्। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिको त्रिपुराकोटमा गाडी पुगेपछि स्थानीय हर्षित छन्।  त्रिपुराकोटकी मनमाया न्यौपानेले सडक पहिल्यै बने पनि गाडी ढिल