मितव्ययिता सम्बन्धी मापदण्ड तयार : सवारी खरिददेखि वैदेशिक भ्रमणसम्ममा कडाइ

काठमाडौं । अनावश्यक खर्च घटाउँदै आवश्यक क्षेत्रमा खर्च बढाउने उद्देश्यले सरकारले सार्वजनिक खर्च मितव्ययी तथा प्रभावकारी बनाउन मापदण्ड तयार पारेको छ । हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ मापदण्डअनुसार नेपाल सरकारको स्रोत, वैदेशिक अनुदान तथा ऋणबाट स्वास्थ्य सेवा सञ्चालन र निर्वाचन प्रयोजनबाहेक अन्य अवस्थामा चारपाङ्ग्रे सवारीसाधन खरिद नगरिने तथा अहिले रहेका सवारीसाधनको मितव्ययी ढङ्गले मर्मत गरी उपयोग गर्नुपर्ने नीति ल्याइएको छ । उपयोगमा नआउने २० वर्ष पुगेका सवारीसाधनलाई अनिवार्य रूपमा लिलामी गर्नुपर्ने मापदण्ड बनाइएको छ । आन्तरिक तथा वैदेशिक भ्रमणमा कडाइ हुने भएको छ । ‘नेपाल सरकारको स्रोत तथा वैदेशिक ऋणबाट खर्च ब्यहोर्ने गरी वैदेशिक अवलोकन, तालीम वा अध्ययन भ्रमणमा मनोनयन गरिनेछैन,’ मापदण्डमा भनिएको छ । नयाँ मापदण्ड अनुसार विदेशस्थित गैरसरकारी संस्थाबाट प्राप्त निमन्त्रणाको आधारमा भ्रमण गर्दा नेपाल सरकारको स्रोतको उपयोग गर्न पाइने छैन । तर कुनै अत्यावश्यक कामका लागि वैदेशिक भ्रमणमा मनोनयन गर्नुपरेमा अर्थ मन्त्रालयको पूर्वसहमति लिई मनोनयन गर्नुपर्ने नियम बनाइएको छ । सार्वजनिक निकायका पदाधिकारीले आयोजनासम्बद्ध निर्माण व्यवसायी वा परामर्शदाताको खर्चमा विदेश भ्रमण गर्न नपाइने, सरकारी कामको सिलसिलामा अनुगमन तथा भ्रमणमा जाँदा कामसँग सम्बन्धित तीन जनाभन्दा बढी व्यक्ति जान नपाइने, अनुगमन भ्रमणबाट फर्केपछि अनुगमन प्रतिवेदन पेश गरेमा मात्र भ्रमण खर्च लेख्नुपर्ने मापदण्डमा उल्लेख छ । भ्रमण काजमा खटिएको स्थानमा नगई खर्च लेखेमा काजमा खटाउने र खर्च लेख्ने पदाधिकारीबाट त्यस्तो खर्च असुल गर्नुपर्ने समेत मापदण्ड बनाइएको छ । मापदण्डमा सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन काठमाडौँ उपत्यकाभित्र सम्बन्धित निकायको सचिव वा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र उपत्यका बाहिर सीडीओको अनुमति लिनुपर्नेछ । त्यस्तै सरकारले अनावश्यक विज्ञापन तथा शुभकामना छपाइमा पनि कडाइ गरेको छ । मापदण्डले सरकारी खर्चमा शुभकामना कार्ड र सन्देश प्रकाशन वा प्रसारणमा रोक लगाएको छ । मापदण्डले आवासीय गोष्ठी वा कार्यशाला आयोजना गर्न रोक लगाएको छ । प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरेबापतको भत्ता, खाना वा खाजा भत्तामा पनि मापदण्डले रोक लगाएको छ तर, यो बुँदा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खटिएका जनशक्तिमा भने लागू हुनेछैन । सरकारले हरेक वर्षजसो खर्च मितव्ययितासम्बन्धी मापदण्ड ल्याउने गरे पनि यसको कार्यान्वयन भने कमजोर देखिन्छ । अख्तियार गरेको नीतिलाई उच्च पदस्थ सरकारी अधिकारीहरूबाटै मिचिने गरिएको छ ।

सम्बन्धित सामग्री

विद्युतीय सवारी साधनमा आकर्षण

सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने नीति र आवश्यक चार्जिङ स्टेसनलगायतका पूर्वाधार तयार भएसँगै विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढ्दै आइरहेको छ।...

गाडीको दुरुपयोग रोक्न परिपत्र, सञ्चालकको सवारी सुविधा खोस्न अरुचि

१७ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सवारी साधनहरुको दुरुपयोग रोक्न मातहतका विभाग र कार्यालयहरुलाई परिपत्र गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  प्राधिकरणका सवारीहरूको अद्यावधिक विवरण तयार गर्न र प्रभावकारी व्यवस्थापन एवम् खर्च नियन्त्रणका लागि विभिन्न निर्णय गरेका छन् । तर, सञ्चालक समिति सदस्यहरुलाई अनियमित रुपमा दिइरहेको सवारी सुविधा भने खोस्न प्राधिकरण व्यवस्थापनले […]

नारायणगढ-मुग्लिन सडकमा थप ३ पुल तयार, दसैंसम्म अरु १० वटा बन्ने

३० जेठ, चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा थप ३ वटा पुल तयार भएका छन् । सडक आयोजना प्रमुख किरण कार्कीका अनुसार सेतीदोभान, डुम्रे र लामो बालुवाका तीन पुल तयार भएका छन् । असार मसान्तभित्र तीनवटै पुलबाट सवारी साधानहरु गुड्न थाल्ने कार्कीले बताए । अहिले सेतीदोभानको पुलको कालोपत्रे गर्ने, रेलिङ र फुटपाथको काम सकिएको छ । […]

सेवा चुस्त बनाउन कार्ययोजना तयार

गण्डकी  –गण्डकी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवालाई चुस्त र प्रविधिमैत्री बनाउन कार्ययोजना तयार पारेको छ। सवारी चालक अनुमतिपत्र वितरणसहित कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटोछरितो र सहज बनाउन सरकारले पहल थालेको हो। वैशाख १५ गते बसेको वर्तमान मन्त्रिपरिषद्को पहिलो बैठकले सेवा प्रवाह सुधारबारे अध्ययन प्रतिवेदन तयार पार्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोदबहादुर […]

आकस्मिक सवारी लाइसेन्स लिन आवेद खुला

काठमाडौं। आकस्मिक सवारी लाइसेन्सका लागि आवेदन खुला गरिएको छ। दशैको लागि नेपाली सेनाले निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेको छ। राष्ट्रपतिद्वारा २१ जना कैदिलाई सजाय माफी गरिएको छ। प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको छ। नेकपा एमालेले समानुपातिक उमेदवारको सूची तयार गरेको छ।

चुनावका दिन सार्वजनिक सवारी नचल्ने, अन्यले पास लिनुपर्ने

काठमाडौं: आगामी वैशाख ३० गते मतदान हुने दिन सार्वजनिक सवारी साधन चलाउन नपाइने भएको छ।पास विनाका सवारी साधन चलाउन नदिन निर्वाचन आयोगले सरकारलाई आग्रह गरेकाे छ।आयोगले काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीहरूले अनिवार्यरुपमा अनुमति लिनुपर्ने मापदण्ड तयार गरेको छ।जसअनुसार एम्बुलेन्स, दमकल जस्ता सवारीसाधनले भने सवारी पास लिनु पर्दैन। आयोगले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरेको आयोगका एक कर्मचारीले बताए।शारीरिक अपाङ्गता भएका व्यक

बिहानैदेखि मापसे : उपत्यकामा १ सय ६३ सवारी नियन्त्रणमा

होली मनाउँदा लापरबाही गरेर चलाइएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । लापरबाही गरेर चलाएका र मापसे गरेर चलाएका १ सय ६३ वटा सवारी साधनलाई ‘होल्ड’मा राखिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) सञ्जीव शर्माले रातोपाटीलाई बताए ।समाचार तयार गर्दासम्म ट्राफिक प्रहरीले १०४ वटा मोटरसाइकल र ५९ वटा चार पाङ्ग्रे सवारी होल्ड गरेको छ । तीव्र गति, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाएको भेटिए त्यस्ता सवारीलाई नियन्त्रणमा लिएर दिनभर होल्ड गरिने एसपी शर्माले बताए ।काठमाडौँ उप

किर्ते कागजात तयार पारी सवारी कारोबार गर्ने पक्राउ

महानरीय प्रहरी अपराध महाशाखाले सवारीसाधनको किर्ते कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले भन्सार छल गरी चोरी गरेर ल्याएको सवारी साधका नक्कली सवारी दर्ता किताब समेत तयार गरी कारोबार गर्ने चार जनाको गिरोहलाई पक्राउ गरेको हो । ग.३ च. १४६२ र प्रदेश ३– ०१०२४ च ०२५३ नम्बर प्लेटको हुण्डाई कम्पनीको […]

सवारी साधनकाे किर्ते कागजात बनाएर काराेबार गर्ने गिराेह पक्राउ

काठमाण्डाै – महानगरीय प्रहरी अपराध महाशाखाले सवारी साधनको किर्ते कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भन्सार छली गरी चोरी गरेर ल्याएको सवारी साधनका नक्कली सवारी दर्ता किताबसमेत तयार गरी कारोबार गर्ने चार जनाको गिरोहलाई पक्राउ गरेको हो ।  ग ३ च १४६२ र प्रदेश ३–०१०२४ च ०२५३ नम्बर प्लेटको हुण्डाई कम्पनीको क्रेटा गाडीहरू भन्सार छली काठमाण्डाै ल्याइ ती सवारी साधनको नक्कली सवारी दर्ता किताबलगायतका कागजात तयार गरी कारोबार गर्ने लमजुङकाे सुन्दरबजार नगरपालिका ३ घर...