जिल्लामा आएको विकास बजेट न्यून मात्रामा खर्च भएको छ । चालू आव ०७६÷७७ को ७ महिना सकिँदासमेत विकास बजेट न्यून मात्रामा खर्च भएको छ ।
जिल्लामा आएकोे संघीय सरकार तथा प्रदेश सरकारबाट आएको विकास बजेटको २५ प्रतिशत रकम पनि खर्च हुन सकेको छैन । ७ महिनाको अवधिमा करिब ६० प्रतिशत रकम खर्च हुनुपर्ने भए पनि २५ प्रतिशतसम्म पनि खर्च हुन सकेको छैन । जिल्लामा संघीय सरकारबाट आएको विकास बजेटमध्ये २०.७८ प्रतिशतमात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दाङले जनाएको छ । जिल्लामा संघीय सरकारबाट विकास बजेट ३ अर्ब ९८ लाख ७१ लाख ५९ हजार बजेट आएको थियो ।