चितवन : सशस्त्र द्वन्द्वकालमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको १७ वर्ष पूरा भएको छ। घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपूरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ ।माडीको बगईबाट १५० यात्रु बोकेर नारायणगढ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबाहक बस दुर्घटना तत्कालीन नेकपा माओवादीले थापेको एम्बुसमा पर्दा ३८ जनाको मृत्यु भएको थियो। घटनामा ७२ घाइते भएका थिए। घटनामा माडी नगरपालिका– का कृष्ण अधिकारी अहिलेसम्म पनि राज्यबाट परिपूरणको व्यवस्था नहु