पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवा चोकमा शनिबार राति एम्बुलेन्सको ठक्करबाट रिक्सामा सवार १ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा ५ जना घाइते भएका छन् । ना २ ह २७६६ नम्बरको रिक्सालाई अन टेष्ट लेखिएको एम्बुलेन्सले गएराती पौने १२ बजे ठक्कर दिएको थियो ।दुर्घटनामा रिक्सामा सवार रौतहटको ब्रम्ह्पुरीका ४५ बर्षीय परिक्षण राउतको उपचारको क्रममा स्थानिय अस्पतालमा राती सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घाइते भएका रिक्सामै सवार वीरगन्ज महानगरपालिका–१६ र