प्रदेश सभाको पहिलो कार्यकालको उत्तराद्र्धमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सौभाग्यले निर्मला मुडभरी सांसद बनिन् ।
जसपा विवादले निर्मलालाई संसद प्रवेश गर्ने ढोका ‘ओपन’ भयो । उनै मुडभरीलाई सांसद बन्छु भन्ने समेत कल्पना थिएन ।
पार्टीको ह्वीप उल्लघंन गरेको भन्दै अध्यक्ष उपेन्द्र यादव नेतृत्वले समानुपातिक सांसद कल्पना पाण्डेलाई पदमुक्त गरेपछि रिक्त पदमा घरायसी कामकाजमै जीवनको ४८ वर्ष बिताएकी निर्मला ‘मुभ’ भएकी हुन् । रूपन्देहीको सियारी गाउँपालिका–५ छपियाकी मुडभरीलाई समानुपातिकतर्फ ख...