पाँच स्वास्थ्य संस्थाको भवन निर्माण हुँदै

स्याङ्जाको वालिङ नगरपालिकामा पाँचवटा स्वास्थ्य संस्थाको भवन निर्माण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वालिङ नगरपालिकाको साझेदारीमा वालिङका पाँचवटा वडामा स्वास्थ्य संस्थाका भवन निर्माण हुने भएको हो । वालिङ नगरपालिका–५ मा जगत भञ्ज्याङ स्वास्थ्यचौकी, वडा नं. ९ मा डुडखोला सहरी स्वास्थ्य केन्द्र,वडा नं. ११ मा कागती भञ्ज्याङ सहरी स्वास्थ्य केन्द्र, वडा नं. […]

सम्बन्धित सामग्री

म्याग्दी: बाबियाचौरमा स्वास्थ्य चौकी भवन निर्माण

गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो। दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिए।

चार जिल्लामा ४३ वटा स्वास्थ्य भवन निर्माण

साविक राप्तीका चार जिल्लामा पाँच वर्षको अवधिमा ४३ वटा स्वास्थ्य संस्थाका भवन निर्माण भएका छन् । आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७८ /०७९ सम्ममा चार जिल्लामा यो संख्यामा स्वास्थ्य भवन निर्माण भएका हुन् ।साविक राप्ती दाङ, प्युठान, रोल्पा, पूर्व रुकुममा गरेर ४२ वटा स्वास्थ्यका भवन निर्माण भइसकेका छन् भने एउटा वटा निर्माणधीन अवस्थामा छ […]

रघुगङ्गामा स्वास्थ्य चौकीको भवन निर्माण

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले सुविधा सम्पन्न भवन निर्माण गरेपछि साँघुरा कोठा भएका जीर्ण भवनबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ।

जग्गा विवादले अस्पताल भवन निर्माण अलपत्र

चितवनको इच्छाकामना गाउँपालिकामा निर्माणाधीन अस्पताल भवन अलपत्र परेको छ । गाउँमै स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यका साथ गाउँपालिकाले वडा नं ४ कुरिनटारमा विसं २०७७ देखि २५ शय्याको अस्पताल बनाउन सुरु गरेको थियो । तर अहिले जग्गा विवाद उत्पन्न भएपछि अस्पताल भवन निर्माण रोकिएको छ ।तत्कालीन समयमा अस्पताल निर्माण सुरु गर्दा पु¥याउनुपर्ने मापदण्ड पूरा नगरी अस्पताल भवन निर्माण थाल्दा दुई वर्ष बितिसक्दा पनि अस्पताल निर्माणको कामले पूर्णता पाउन नसकेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८

म्याग्दीको धारापानीमा स्वास्थ्य चौकी भवन निर्माण

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएको छ। गुड नेवर्स इन्टरनेशनल नेपाल, धवलागिरि गाउँपालिका र समुदायको कूल रु ३५ लाख १९ हजार ८३७ को लागतमा चारकोठे एकतले भवन निर्माण भएको हो।

प्युठान चुजाँमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

साविकको स्वास्थ्य चौकी १ नम्बर वडामा परेपछि २ नम्बर वडामा स्वास्थ्य संस्था थिएन। स्वास्थ्य संस्था नभएको वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको नीति अनुसार भवन निर्माण गरिएको हो।

पाल्पाको रामपुर नगरपालिकामा स्वास्थ्य चौकी भवन निर्माण

रामपुर नगरपालिकाको रु १४ लाख र ओकेबाजेको रु १० लाख सहयोगमा भवन निर्माण गरिएको छ।

रामपुरमा स्वास्थ्यचौकी भवन निर्माण

रामपुर । रामपुर नगरपालिका ८ कुमराङ्गमा खालिवन स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । रामपुर नगरपालिका र जापनिज नागरिक काजुमासा काकिमी (ओके बाजे) को सहयोगमा निर्माण भएको भवनको शुक्रबार उट्घाटन गरी सञ्चालनमा ल्याइएको छ । रामपुर नगरपालिकाको १४ लाख र ओकेबाजेको १० लाख सहयोगमा भवन निर्माण गरिएको छ । यस स्वास्थ्यचौकीको भवन निर्माण गर्न स्थानीयले […]

जिल्लाकै पहिलो नगर अस्पतालको भवन निर्माण

गलकोट/ बागलुङ जिल्लाको गलकोट नगरपालिकामा प्रस्तावित गलकोट नगर अस्पतालका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको छ । गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई गलकोटको नगर अस्पताल बनाउने