ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ लिबाङमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ। सङ्घीय सरकारको हस्तान्तरित कार्यक्रमअन्तर्गतको बजेटले लिबाङ स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको हो।
गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो। दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिए।
काठमाण्डौ – बनाउन थालेको आठ वर्षमा छ पटक म्याद थप्दा पनि खोटाङको साकेला गाउँपालिका–५ को बिर्तामा रहेको स्वास्थ्य चौकी भवन बनिसकेको छैन ।
२०७४ साल कात्तिक २० भित्र निर्माण सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो । यसबीचमा निर्माणका लागि छ पटक म्याद थपियो ।
दुई करोड १६ लाख रुपैयाँको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो । भवन निर्माण गर्न २०७५ वैशाख, २०७५ माघ, २०७७ असार, २०७७ पुस, २०७८ चैत र २०७९ पुसमा म्याद थपिएको वडाध्यक्ष जीवन न्यौपानेले ...
बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्य चौकी पहिरोकाे उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्य चौकी भवन पहिरोको जोखिममा परेको हो । विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिराे जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पुर्याएको छ । भवनमाथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ । माथिदेखि झरेको पहिराले भवन पुरिन थालेको छ । तलदेखि भवनको जगनै उप्किन थालेको छ । रु दुई करोड तीन लाखम
म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएको छ। गुड नेवर्स इन्टरनेशनल नेपाल, धवलागिरि गाउँपालिका र समुदायको कूल रु ३५ लाख १९ हजार ८३७ को लागतमा चारकोठे एकतले भवन निर्माण भएको हो।
सिमकोट– हुम्लाको नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीमा सुविधा सम्पन्न प्रसूति गृहसहितको स्वास्थ्य चौकी भवन निर्माण भएर सञ्चालनमा आएको छ। स्वास्थ्य चौकी सञ्चालनमा आएपछि लिमीका तीन गाउँका स्थानीयलाई उपचारमा सहज हुन भएको छ। लिमीका स्थानीय पेमा तामाङले नयाँ र आधुनिक सुविधासहितको स्वास्थ्य चौकी सञ्चालनमा आउँदा लिमीका स्थानीयले सहज रुपमा स्वास्थ्य उपचार सेवा पाउने भएको […]
बारा : बारामा स्वास्थ्य चौकी भवन निर्माण गर्न छुट्याइएको सरकारी रकम चरम दुरुपयोग भएको छ।संघीय सरकारको स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्तर्गत जितपुरसिमरा उपमहानगरको १५ वटा वडामा स्वास्थ्य चौकी भवन निर्माण गर्दा सरकारी रकमको चरम दुरुपयोग भएको भेटिएको हो।१५ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गर्न करिब ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। सो बजेटबाट जीतपुरसिमराले गत आर्थिक वर्षको चैत अन्तिम साता सूचना निकालेर जेठदेखि निर्माण थालेको हो।नगरपालिकाले प्रति स्वास्थ्य कार्
मैनहिया । अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले रुपन्देहीको सियारी गाउँपालिका वडा नं–२मा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेको छ । उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालले संयुक्त रुपमा उद्घाटन गरेका छन् । अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले स्वास्थ्य सामाग्री सहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालले मैनहिया गाउँपालिकाका जनसमुदायहरू
भूकम्पले क्षति पुगेका सिन्धुपाल्चोकका दुर्गम गाउँका स्वास्थ्य चौकी आठ वर्षपछि निर्माण सम्पन्न हुन थालेका छन्। २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पले जिल्लाका स्वास्थ्य चौकी भवनहरूमा क्षति पुगेको थियो। यस जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१, घोर्थलीमा सघन सहरी तथा भवन निर्माण आयोजनाले एक करोड ४४ लाख रुपियाँको लागतमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवन निर्माण गरेको हो। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले केही दिनअघि उक्त स्वास्थ्य चौकीको उद्घाटन गर्नुभएको थियो।