काठमाडौं। नेपाल सुपर लिगमा आज चलिरहेको काठमाडौं रेजर्सविरुद्धको खेलमा धनगढीले २ गोलको अग्रता लिएको छ। खेलको २१औं टंक बस्नेतले क्लबका लागि पहिलो गोल गरी अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि नै विदेशी खेलाडी ओलावाले २३औं मिनेटमा टिमका लागि दोस्रो गोल थपेका हुन्। धनगढी यसअघिको खेलमा विराटनगर सिटीविरुद्धको खेलमा ३-० ले पराजित बनेको थियो।