विवेकशील साझा पार्टीले ‘स्ट्यान्ड अप कमेडियन’ अपूर्व क्षितिज सिंहको माफी स्वीकार गरी मुद्दा फिर्ता गर्न आग्रह गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले आज एक विज्ञप्ति जारी सो आग्रह गरेका हुन् । सो पार्टीले सिंहले माफी माग्दै आफ्नो विवादास्पद कमेडी युट्युवबाट हटाएर सामुदायिक भावनाको सम्मान गरे पनि उनको मुद्दा अझै विचाराधीन भइरहँदा समुदाय विभक्त हुने खतराप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कलाकार सिंहलाई २ पटक गरि १५ दिनभन्दा