प्रभु बैंक लिमिटेड र मणिग्राम विश्राम वाटिकाबीच आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्री र मणिग्राम विश्राम वाटिका प्रा.लि.का तर्फबाट निर्देशक गिरीश मणि आचार्य दीक्षितले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि मणिग्राम विश्राम वाटिकाद्वारा सञ्चालित होटलमा फुडमा १० प्रतिशत र लजिङ्ग सुविधामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।