काठमाण्डाै - विश्वमा माटोको सङ्कटलाई सम्बोधन गर्न सद्गुरुले मार्चमा सुरु गर्नुभएको विश्वव्यापी माटो जोगाऔँ अभियानलाई सहयोग गर्न नेपाल सशक्त रूपमा अग्रसर भएको छ ।
ललितपुरमा रहेकाे गोदावरी सनराइज सम्मेलन केन्द्रमा सम्पन्न 'माटो जोगाऔँ' कार्यक्रममा नेपाल सरकारको तर्फबाट वन तथा वातावरण मन्त्री प्रदीप यादवले अभियानलाई पूर्ण समर्थन गर्दै माटो जोगाऔँ अभियानको नेतृत्व गरिरहनु भएका ईशा फाउण्डेशनका संस्थापक सद्गुरुलाई एकताको ज्ञापनपत्र प्रदान गर्नुभयो । नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्...