नेपाल सरकारसँग सद्गुरु जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ अभियानले यही भदौ १७ गते सम्झौतापत्रमा हस्ताक्षर गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालय र माटो जोगाऔँ अभियानबीच हस्ताक्षर हुन लागेको हो । माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नका लागि ईशा फाउण्डेशन नामको लाभरहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो । माटोलाई स्वस्थ राखिरहनका लागि विश्वभरिका मानिसलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पद