प्रचण्ड र ओलीले सानोतिनो छलाङ लगाए : डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा सानोतिनो छलाङ मारेको प्रतिक्रिया दिएका छन् । प्रचण्ड प्रधानमन्त्री भएको विषयलाई सङ्केत गर्दै डा लोहनीले छलाङ मार्नु रोमाञ्चकारी भए पनि देश कहाँ पुग्ने हो अनुमान लगाउन गाह्रो पर्ने अवस्था आएको बताएका छन् । देशको आर्थिक पाटो सम्हाल्न नसके भयावह अवस्था आउने उनको दाबी छ । उनले सामाजिक सञ्जालमा लेखेका छन् -'छलाङ्गबाद आ

सम्बन्धित सामग्री

अब अर्थमन्त्रीले बोल्ने बेला भयोः डा. लोहनी

काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले देशलाई असन्तुलन र अराजकताको स्थितिमा लैजान खोजेको आरोप लगाएका छन् । ‘उपप्रधान एवं रक्षामन्त्रीले पूर्णबहादुर खड्काले माटो ढोग्दै भावुक भएर कर्मचारीलाई तलब खुवाउन पनि आम्दानी छैन भन्नुभयो । अर्थसचिवले सामाजिक सुरक्षा भत्ता दिन सक्दैन भनेर बहादुरीका साथ भन्नुभयो । […]

पूर्वपरराष्ट्रमन्त्री डा लोहनी भन्छन्–नेपालको कूटनीति पाताल पुगिसकेछ

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्र लेखेको प्रति पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले विरोध गरेका छन् । उनले प्रचण्ड र देउवाको पत्रलाई ‘समर्पणपत्र’ को सङ्ख्या समेत दिएका छन् । ‘एउटा अमेरिकन सरकारी  कोर्पोरेशनलाई नेपालका वर्तमान प्रधानमन्त्री र अर्का पूवूप्रधानमन्त्रीले पठाएको ‘समर्पण पत्र’ पढ्दा  दु:ख  लाग्य