गोविन्दराज जोशीसहित अरु चार जनाको उम्मेदवारी रद्द, नवराज सिलवालविरुद्धको उजुरी भने खारेज :: Pahilopost.com

काठमाडौँ : निर्वाचन आयोगले मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ तनहुँ जिल्लाको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार भएका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीसहित अरु चार जनाको उम्मेदवारी कायम नरहने निर्णय गरेको छ।  प्रतिनिधिसभा सदस्यका उम्मेदवार जोशीले नैतिक पतन देखिने फौजदारी कसूर भ्रष्टाचारमा

सम्बन्धित सामग्री

गृहमन्त्री खाणको उम्मेदवारी रद्द गर्न माग गर्दै उजुरी

काठमाडौँ – कांग्रेस नेतासमेत रहेका गृहमन्त्री बालकृष्ण खाणको उम्मेदवारी रद्द गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही ३ बाट उम्मेदवारी दिएका खाणले बहुविवाहको कसुर गरेको दाबी गर्दै उम्मेदवारी खारेज गर्न माग गरिएको हो। २०४८ सालअघि नै दोस्रो विवाह गरेका खाण उम्मेदवार हुन अयोग्य रहेको भनि उजुरी […]

विजय गच्छदार र प्रभु शाह सहित ९ जनाको उम्मेदवारी रद्द गर्न माग गरिएको रिट खारेज

प्रतिनिधिसभा तथा प्रदेश सभाका ९ जना उम्मेदवारको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता अनिल आचार्यले उनीहरुको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा रिट जारी गरेकोमा न्यायधिश अनिल कुमार सिन्हाको एकल इजलाशले उक्त रिट नै खारेज गरिदिएको हो ।  उक्त रिटमा नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्छेदार , पूर्व काँग्रेस नेता गोविन्दराज जोशी, राप्रपा नेता विक्रम पाण्डे, स्वतन्त्र उम्मेदवार प्रभु साह, तथा स्वतन्त्र उम्मेदवार सरिता गिरीको उम्मेदवारी खारेज गर्न माग गरिएको थियो । साथै  डी बी तामाङ भन्ने युद्ध विक्रम तामाङ , टेक बहादुर गुरुङ , लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेज गर्न माग गरिएको थियो।  अदालतले रिट नै खारेज गरेसंगे उनीहरु सबैको उम्मेदवारी कायम नै रहने भएको छ ।रिटमा उनीहरु विरुद्द भ्रष्टाचार तथा फौजदारी कसुरमा मुद्दा चलिरहेको, उनीहरुले भ्रष्टाचार तथा फौजदारी कसुरमा सजाय पाएकोले उनीहरु उम्मेदवार हुन योग्य नरहेको जिकिर गरिएको थियो। रिटमा उनीहरुको उम्मेदवारी रद्द गर्न र भविष्यमा यस्ता व्यक्तिहरू उम्मेदवार बन्न नपाउने गरी कानुन संशोधन गर्न अन्तरिम आदेश माग गरिएको थियो । उनीहरुलाई उम्मेदवार बन्न दिंदा भविष्यमा देश र जनताका लागि अपूरणीय क्षति पुग्न सक्ने रिटमा उल्लेख थियो  ।   उक्त रिटमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाईएको थियो। तर अदालतले रिट नै खारेज गरिदिएको हो ।

देउवाको उम्मेदवारी कायम, चौधरीको खारेज

कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट दिएको उम्मेदवारी रद्द हुनुपर्ने माग गर्दै परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै खारेज भएको छ।...

लक्ष्मण थारुको उम्मेदवारी खारेज

धनगढी – कैलाली–५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ। थारुलाई उच्च अदालत दिपायलले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी जन्मकैद तथा ज्यान मार्ने उद्योगमा थप ५ वर्ष कैद सजाय सुनाएकोमा सो सजाय पूरा नभएको र कारावासमा समेत नरहेको पाइएका ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनको उम्मेदवारी रद्द […]

नागरिक उन्मुक्तिका उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी रद्द

धनगढी : नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ। मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले लक्ष्मणको उम्मेदवारी रद्द भएको जानकारी दिएको छ।लक्ष्मणको उम्मेदवारीविरुद्ध सोमबार उजुरी परेको थियो। उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्‍याई सजाय पाई फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का रामबहादुर सिंहले उनीविरुद्ध उजुरी दिएका थिए।सोही उजुरीको आधारमा उनको मनोनयन दर्ता खारेज भएको हो।

कैलाली- ५ का उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी खारेज

नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर- ५ मा प्रतिनिधिसभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले थारुको उम्मेदवारी रद्द भएको जनाएको छ ।

कपिलवस्तुमा १३ जनाको उम्मेदवारी रद्द

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट मेयर र उपमेयर उठेका दुवै पुरुषको मनोनयन खारेज भएको छ । निर्वाचन आयोगका अनुसार कृष्णनगर नगरपालिकामा लोसपाबाट मेयरमा शिवप्रसाद कलवार र उपमेयरमा मोहम्मद अफजल मियाले उम्मेदवारी दिएका थिए । कानून अनुसार मेयर उपमेयर पदमा उम्मेदवारी दिने दलले एक महिला र एक पुरुष उठाउनु पर्ने भए पनि […] The post कपिलवस्तुमा १३ जनाको उम्मेदवारी रद्द appeared first on राजधानी राष्ट्रिय दैनिक.