काठमाडौं : नयाँ शैक्षिक सत्र शुरु भएको दुई महिना बितिसक्दा पनि पुस्तक नपाएपछि विद्यार्थीहरू यतिखेर आन्दोलित छन्। तर पाठ्यक्रम विकास केन्द्रले समयमा पुस्तक विद्यार्थीका हातमा पुर्याउनेभन्दा पनि कर्मचारीलाई बैठक भत्ता कुस्त कुम्ल्याउन दिएको पाइएको छ।पाठ्यक्रम विकास केन्द्रले गत वर्ष पाठ्यक्रम तथा पाठ्यपुस्तक तर्जुमामा १० करोड ५३ लाख १५ हजार रूपैयाँ खर्च गरेकोमध्ये बैठक भत्तामा मात्र ६ करोड ६ लाख २९ हजार रूपैयाँ खर्च गरेको महालेखा परीक्षक कार्यालयले जनाएको छ।तर खर्चअनुसार कक्षा