काठमाडौं । अम्बे स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।
आईपीओ निष्कासनलगायत प्रस्ताव पारित गर्न कम्पनीले फागुन २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र सो कार्यको लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।
त्यस्तै सभाले आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक तथा अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव र आईपीबाट प्राप्त रकमको उपयोगको प्रस्तावसमेत पारित गर्नेछ ।
त्यस्तै सभाले कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी जारी गर्ने र गत आवको विभिन्न वित्तीय प्रतिवेदन पारित गर्नेछ ।