साउन २६, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा कम्पनीको कर्पोरेट कार्यलय कमलादीमा भर्चुअल माध्यमबाट सोमवार सम्पन्न भएको हो ।
सभाले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । आव २०७६/७७ को लागि लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।
कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू. २ अर्बभन्दा बढी पुग्नेछ ।
सभाले स्वतन्त्र सञ्चालकमा नितु कयाललाई नियुक्त गरेको जानकारी गराएको छ । हालसम्ममा कम्पनीले देशभरका २० ओटा शाखा कार्यलय तथा १०८ उपशाखा कार्यालयमार्फत आफ्ना बिमितलाई सरल, सहज र उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।