इजरायलको सबैभन्दा सुरक्षित मानिने गिलोबा जेलबाट ६ जना कैदी फरार भएका छन् । यी सबै कैदी प्यालेस्टाइनी नागरिक हुन् । उनीहरुविरुद्ध हत्या, हत्या प्रयासलगायत गम्भिर अभियोग दर्ज थियो । इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेट्टले यस घटनाको पुष्टि गरेका छन् । घटनाको छानविनका लागि मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति गठन गरेको छ । सुरुङ खनियो मिडिया रिपोर्टर्सअनुसार प्यालेस्टाइनीहरुले केही दिनदेखि नै भाग्ने योजना बनाइरहेका थिए । उनीहरु सुरुङ खनेर भागेका हुन् । ती कैदीहरूले त्यस्तो ठाउँमा सुरुङ