सञ्चय कोषका प्रमुख प्रशासक गौतम हटाइए

६ भदौ, काठमाडौं । कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमलाई सरकारले पदमुक्त गरेको छ । गत बिहीबार नै बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको अर्थ मन्त्रालय निकट स्रोतले जनाएको छ । कर्मचारी सञ्चय कोषको प्रमुख हुन सञ्चयकर्ता हुनुपर्ने कानूनी व्यवस्था रहेको छ । प्रमुख प्रशासक गौतम नेपाल सरकारको सहसचिवबाट अवकाश पाइसकेका व्यक्ति […]

सम्बन्धित सामग्री

सरकारी राहत कोषमा प्रहरी श्रीमती संघ र सञ्चय कोषले गर्‍यो सहयोग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग रकम हस्तान्तरण गरेका छन् । कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित संचालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा दुई करोडको चेक हस्तान्तरण गरे । यसैगरी प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुवँरले ५ लाख ५५ हजार ५ […]

सर्वोच्चको आदेशपछि तुलसी गौतमले सम्हाले सञ्चय कोष प्रशासकको जिम्मेवारी

सर्वोच्च अदालतको आदेशपछि कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमले मंगलवारदेखि फेरि जिम्मेवारी सम्हालेका छन् ।  पुल्चोकस्थित सञ्चय कोषको कार्यालयमा पुगेर गौतमले दिउँसो जिम्मेवारी सम्हालेका हुन् ।  सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले भदौ १७ गते गौतमलाई हटाउने निर्णय कार्यान्वयन नगर्न विपक्षीका नाममा आदेश जारी गरेको थियो । ‘मैले राम्रो काम गर्दागर्दै सरकारले हटाएको थियो, सर्वोच्च अदालतबाट न्याय पाएर पुनः आएको छु,’ गौतमले कार्यभार सम्हाल्दै भने, ‘नियुक्तिको समयमा सरकार...

कोषका प्रमुख प्रशासक गौतम हटाइए

काठमाडौं । विगत डेढ वर्षदेखि कानुन विपरीत कर्मचारी सञ्चय कोषमा प्रमुख प्रशासकमा कार्यरत तुलसी गौतमलाई सरकारले हटाएको छ । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले कोषका प्रमुख प्रशासक गौतमलाई बर्खास्त गर्ने निणर्य गरेको हो । गौतम २०७६ साल जेठदेखि नै कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासक बन्न अयोग्य थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री […] The post कोषका प्रमुख प्रशासक गौतम हटाइए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कर्मचारी सञ्चय कोषका प्रशासक गौतम बर्खास्त

काठमाडौं (अस) । सरकारले कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतलाई बर्खास्त गर्दै पदबाट हटाएको छ  । मन्त्रिपरिषद्को हालैको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । सञ्चय कोष ऐनमा सरकारको राजपत्रांकित प्रथम श्रेणी, कोष वा संस्थाको अधिकृत प्रथम श्रेणी वा दशौं तह वा सो सरहको पदमा कार्यरत सञ्चयकर्ता कर्मचारी मात्र प्रशासक बन्न पाउने व्यवस्था छ । गौतमले उमेर हदका कारण २०७६ जेठदेखि नै सरकारी सेवाबाट अवकाश पाइसकेका छन् ।  कर्मचारी सञ्चय कोषको प्रशासक रहन सञ्चयकर्ता हुनुपर्छ । तर गौतम सरकारी सेवाबाट अवकाश पाइसकेकाले सञ्चयकर्ता छैनन् । यद्यपि उनले निजामती कर्मचारी रहँदाकै सञ्चयकर्ता नम्बर प्रयोग गरेर कोष कट्टी गराउँदै आएको पाइएपछि सरकारले हटाएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । गौतम सरकारी सेवाबाट अवकाश पाएपछि सञ्चयकोषको प्रमुख प्रशासक हुने योग्यता गुमेको भन्दै उनीविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा परे पनि त्यसउपर कुनै फैसला भने आएको छैन । राष्ट्रिय योजना आयोगको सहसचिवको रूपमा कार्यरत छँदा गौतमलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तीन वर्षअघि कर्मचारी सञ्चयकोषको प्रशासक बनाएका थियो । शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषमा प्रशासक गौतमलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका थिए । निजामती सेवाबाट सेवानिवृत्त भएको २ वर्ष बितिसक्दा पनि गौतम सञ्चयकोषमा प्रमुख प्रशासकको रूपमा रहनु शोभनीय नहरेको निष्कर्षसहित अर्थमन्त्रीकै प्रस्तावमा उनलाई मन्त्रिपरिषद् बैठकको निर्णयबाट बर्खास्त गरिएको मन्त्रालय स्रोतको दाबी छ ।