म्याग्दी। बेनी बजारमा कोरोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ।पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरुमा ग्रामीण क्षेत्रका छन्।परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेलले केही दिनयता बेनी बजारभित्र सङ्क्रमण दर घटेपनि ग्रामीण क्षेत्रमा बढ्दो क्रममा देखिएको बताए।बेनी अस्पतालको आइसोलेसनमा उपचाररत अधिकांश सङ्क्रमित नगरपालिकाको ग्रामीण क्षेत्र र पालिकाको आइसोलेसनबाट रिफर भएर आएकाहरु छन्।