म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको चार सय घर परिवार दुई महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको उक्त परियोजनाको विद्युतगृह गत असार २८ गते बगाएको थियो । धौलागिरि–२ का वडाध्यक्ष अकप्रसाद विकका अनुसार […]